Search
Close this search box.
Search
Close this search box.

दुई सय वर्ष पुरानो इतिहास बोकेको निशान पदमार्ग इलाममा उद्घाटन

इलाम । इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गको सुभारम्भ गरिएको छ । नेपाल भारत सीमाना जोडिएको मेची नदिको मुहानदेखि इलामको निशान स्थापना गरिएको सदरमुकामको माईस्थान मन्दिर सम्मको ४१ किलोमिटर पदमार्गको उदघाटन गरिएको हो । सूर्योदय नगरपालिकाको मेची बजारबाट बुधबार अर्थात पुस २४ गते बिहान पदयात्राको थालनी गरिएको हो ।

२४ देखि २६ गते सम्म नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन ब्यवसायी र सरोकारवालाको टोलीले पदयात्रा गर्ने इलामको गडिथुम्कामा रहेको नेपाली सेनाको रणसार्दुल गणका प्रमुख प्रहलाद घलेले जानकारी दिनुभयो । पदयात्राको क्रममा पर्ने पदमार्गअन्तर्गत सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाका बिभिन्न स्थानमा पदयात्रीको स्वागतमा स्थानीय जातजातीको झाकीसहितका स्वागतका कार्यक्रम तय गरीएको छ ।

EPIC EPIC EPIC

गडिथुम्कामा रहेको रणसार्दुल गणको पहलमा सूर्योदय नगरपालिका, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा नेपाल भारत सिमाना जोडिएको मेची नदिको मुहानदेखि इलामको निशान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको पदमार्गको पहिचान गरी कार्यान्वयनका लागि तीनवटै पालिकाको कार्यपालिका बैठकबाट अनुमोदन भए पछि निशान पदमार्गमा पदयात्रासहित उद्घाटन गरिएको हो । मेची बजारबाट शुरु भएको पदयात्रा, सूर्योदयको पूर्णेडाँडामा २५ गते उद्घाटन गरी, माईजोगमाईको हात्तीटारमा बास बस्ने कार्यक्रम छ ।

२६ गते निशान स्थापना भएको इलाम नगरपालिका ७ को माई स्थान मन्दिरमा पदयात्राको समापन गरीने छ । पौष २५ गते बिहान पूर्णेडाँडामा औपचारिक समुद्घाटन कार्यक्रम गरीने छ । नेपाल अङ्ग्रेज युद्धपछि विक्रम संवत् १८७२ फागुन २० गते भएको सुगौली सन्धि पश्चात् तत्कालिन नेपाली सेनाले इलाम सदरमुकाममा निशान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वय गरेको हो ।

यस अघि भारतको नागरीगडीदेखि, नेपाल भारत सीमा क्षेत्र सात माइल मेची मुहान, सिद्धिखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईवेनी, तिल्केनी हुँदै माइस्थान मन्दिर सम्मको जीआईएस नक्सा तयार सार्वजनिक गरिएको थियो । नागरी गडीमा अझै पनि गडी मन्दिरलगायत ऐतिहासिक बस्तु रहेको अध्ययन टोलीले जनाएको छ । तत्कालीन समयमा गोर्खाली सेना फिर्ता भएको पदमार्ग भएकाले त्यतिबेलाका गोरेटो बाटोको पहिचान गरेर कायम भएको छ । यो पदमार्ग पर्यटकीय गन्तव्य बनी व्यावसायिक बन्ने बिश्वास लिइएको इलाम नगर प्रमुख केदार थापाको भनाई छ । तत्कालीन नेपाल(अङ्ग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल भारत सीमा कायम भयो ।

त्यसपछि मिरिकस्थित नागरी गढीमा रहेको श्रीनाथ पल्टन अहिलेको सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू भाग ४० दिनभित्र गडी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम पूर्णेडाँडा ल्याउनु भएको इतिहास छ । पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ पल्टन इलाम नगरपालिका(७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर १८८० सालमा स्थापना भएको अनुमान छ । हाल निशान उक्त मन्दिरमा संरक्षण गरी राखिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *