Search
Close this search box.
Search
Close this search box.

दुई सातामै २ लाख बेरोजगार दर्ता

काठमाडौ । पछिल्लो दुई सातामा रोजगारीको माग गर्दै २ लाख नेपालीले बेरोजगार सूचीमा नाम दर्ता गराएका छन् । कोरोना संकटका कारण रोजगारीका क्षेत्र खुम्चँदै गएपछि बेरोजगार हुनेको दर एक्कासी बढेको छ । हालसम्म नेपालभित्र बेरोजगारको सूचीमा नाम दर्ता गराउनेको संख्या लगभग ६ लाख पुगेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असोजमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयमा बेरोजगार रहेको जनाउँदै दसैंअघि दुई हप्तामा मात्र १ लाख ९२ हजार युवाले नाम दर्ता गराएका छन् । मन्त्रालयले असोज १५ देखि २९ गतेसम्म सार्वजानिक गरेको तंथ्याकमा बेरोजगार एक्कासी बढेको देखिन्छ । असोज १५ देखि २२ गतेसम्म एक हप्तामा १ लाख ५३ हजार १ सय ६२ युवा बेरोजगारको सूचीमा दर्ता गराएका थिए । यसैगरी त्यसपछिको १ हप्तामा ३९ हजार ७ सय ३० युवाले वेरोजागर रहेको जनाउदै सूची दर्ता गराएका थिए ।

सरकारले प्रधानन्त्री रोजगार कार्यक्रममार्पmत देशभरमा रहेको बेरोजगार सूची दर्ता गराउँदै आएकोमा दसैंअघिका २ हप्ता २ लाख युवाले रोजगारी खोज्दै नाम दर्ता गराएका हुन् । हालसम्म देशभरबाट ५ लाख ६९ हजार ६५३ युवाले बेरोजगार रहेको भन्दै नाम दर्ता गराएका छन् । चालू आर्थिक वर्षदेखि सबै स्थानीय तहले रोजगार केन्द्रमार्पmत बेरोजगार सूची संकलनलाई प्रभावकारी बनाउँदै लगेको मन्त्रालयले जनाएको छ ।


नेपालका लागि रोजगारीको विकल्प वैदेशिक रोजगारी भएपनि लकडाउनपछि विदेश जाने श्रमिक कम भएपछि स्वदेशमा रोजगारी खोज्ने संख्या बढी भएको श्रमविज्ञ डा. गणेश गुरुङले बताए । वैदेशिक रोजगारमा गएर बेरोजगार बनेर फर्कने नेपालीको संख्या विगत सात महिनामा १ लाखभन्दा बढी भइसकेको छ ।

नेपालमा नै कृषि र परियोजनाका क्षेत्रमा रोजगारीको सम्भावना खोज्नु पर्ने डा. गुरुङको सुझाव रहेको छ । “सरकारले यसअघि नै रोजगारीका क्षेत्र पहिचान गर्नुपर्ने थियो,” डा. गुरुङले भने, “स्वदेशमा रहेकाहरूका लागि मात्र होइन, विदेशबाट ल्याएका नेपालीलाई पनि सरकारले रोजगारी दिनुपर्ने अवस्था आएको छ ।” स्थानीय, प्रदेश र केन्द्रीय तहमा रोजगार र रोजगारीका विभिन्न विकल्प दिएर सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहे पनि हालसम्म सबै बेरोजगार युवाले रोजगारी पाउन सकेका छैनन् । कारोबार दैनिकमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *