Search
Close this search box.
Search
Close this search box.

दुर्घटनामा एकै गाउँका तीन युवाको मृत्यु, शोकमा अमलडागी

झापा। बुधबार बिहान सडक दुर्घटनामा परेर एकै गाउँका तीन जना युवाको मृत्यु भएपछि झापाको कमल गाउँपालिका–४ अमलडागी शोकमा परेको छ । मृतकका आफन्तहरुका अनुसार स्थानीय तीन जना युवा बिहानपख दोमुखामा पौडी खेल्ने योजनासहित घरबाट निस्केका थिए ।

बिहान ५ः३० बजे पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो जीप एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा कमल गाउँपालिका–४ अमलडागी निवासी २० वर्षीय युनिस भण्डारी, १७ वर्षीय सरोज रेग्मी र २५ वर्षीय मोटरसाइकल चालक मौसम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो । दुर्घनाको विषयमा अनुसन्धान भइरहेको पनि चन्दले जानकारी दिनु भयो ।

तीनै जनालाई स्थानीयको सहयोगमा प्रहरीले बिएण्डसी अस्पताल पुर्‍याएको थियो । तर चिकित्सकले अस्पताल पुर्‍याउन साथ तीनै जनालाई मृत घोषणा गरेका थिए ।

सनाखतका लागि कमल गाँउपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने लगायत बिएण्डसी अस्पताल पुग्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारीका अनुसार अहिले सो गाउँ शोकमग्न बनेको छ । गोरखापत्र

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *