देशव्यापी रुपमा कुरियर सेवा सुरू

बुद्धशान्ति / नेपाकुरी कार्गो एण्ड कुरियरले देशब्यापी रुपमा आफ्नो सेवा बिस्तार गरेको छ ।

बिगतमा अन्तराष्ट्रिय कुरियर सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीले आजबाट देश भित्रपनि आफ्नो सेवा सुरू गरेको हो। हिजोबाट देशैभरि खुलेका सम्पुर्ण शाखाहरू एकैपटक समुद्घाटन गरी सेवा सुरु गरिएको बिर्तामोड शाखा प्रमुख रोशन वाग्लेले जानकारी गराउनु भएको छ ।

EPIC EPIC EPIC

बिर्तामोड शाखाले हाल झापा, ईलाम, पाँचथर र ताप्लेजुङ्ग गरी चारै जिल्लामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कुरियर तथा कार्गो सेवा दिने जनाएको छ ।

कम्पनिको मुख्य उद्देश्य e- commerce ब्यवसायलाई लक्षित गरी ग्राहकको सुविधाको लागि door to door कुरियर सेवा ल्याएको हो। विर्तामोड शाखाले चाँडै उप-शाखाहरु क्रमश दमक,झिलझिले,सुरुङ्गा,भद्रपुर,धुला noबारी, काँकडभिट्टा, बुधबारे, फिक्कल, ईलाम, फिदिम र ताप्लेजुङ्ग गरी ११ ठाउँमा अफिस खोल्ने तयारी गरिरहेको छ । हाल कम्पनीले उक्त ठाउँहरुमा आफ्ना प्रतिनिधी मार्फत सेवा दिने जानकारी गराएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
3
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *