Search
Close this search box.
Search
Close this search box.

दोभान बजारका आगलागी पीडितलाई योगेश भट्टराईको पाँच लाख, भूकम्प पीडित सरह राहत दिन माग

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा भएको आगलागी पीडितलाई पूर्वमन्त्री योगेश भट्टराईले पाँच लाख सहयोग दिने भएका छन् । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले व्यक्तिगतरुपमा पाँच लाख सहयोग दिएका हुन् ।

मंगलबार बिहान भीषण आगलागी हुँदा ४७ घर जलेर नष्ट भएका छन् । पीडितको उद्धारका निम्ति भट्टराईकै संयोजकत्वमा राहत संकलन समिति बनाइएको छ ।

काठमाडौंमा बस्नेहरु रहेको राहत संकलन समिति गठन गरिएको हो । यो समितिले आगलागी पीडितहरुको पुनर्स्थापनाका लागि पहल गर्ने भएको छ ।

आजै भट्टराई सहितको टोली गृहमन्त्रालय पुगेर पुनर्स्थापनाबारे गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएको छ । पूर्वमन्त्री भट्टराईले आगलागी पीडितहरुलाई पनि भूकम्प पीडित सरह राहतको व्यवस्था गर्न माग गरे ।

भट्टराईको मागमा गृहमन्त्री थापाले सकारात्मक रहेको प्रक्रिया दिएका छन् । गृह मन्त्रालयले स्थानीय प्रशासन मार्फत् जनही १५ हजारका दरले राहत दिने भएको छ ।

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तीर्थराज तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *