काठमाडौं। आज मंगलबार सेयर बजार परिसूचक (नेप्से) परिसूचक २९.६८ अंकले बढेको छ। कारोबार सुरु भएदेखि नै उकालो लाग्न एक ८१० अंकमा पुगेर रोकिएको छ।
यसक्रममा एक करोड १७ लाख कित्ता सेयर किनबेच भई पाँच अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सेयर बजार दोहोरो अंकले बढेको दिन आज होटल समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ।
उक्त समूहमा ३४.९२ अंकको गिरावट आएको छ। बढेका समूहमध्ये निर्जीबन बीमा कम्पनी समूह ३२७ अंकले बढेको छ। यस्तै, जीबन बीमा समूह २४८ र उत्पादनमूलक समूह २२७ अंकले उकालो लागेको छ।



















