Search
Close this search box.
Search
Close this search box.

धनगढी महोत्सवमा पल शाहको ३ तोलाको ब्रास्लेट हराएपछि…

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा अभिनेता पल शाह (पूर्णविक्रम शाह)को ब्रासलेट हराएको छ । महोत्सवमा शनिबार प्रस्तुति दिने क्रममा उनको करिब ३ तोलाको सुनको ब्रासलेट हराएको हो ।

प्रस्तुतिका क्रममा फ्यानसँग हात मिलाउने सिलसिलामा ब्रासलेट झरेको हुन सक्ने महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए । ‘फ्यान कसैले निकाल्यो वा आफै खस्यो त्यो थाहा भएन’, कुँवरले भने ‘ब्रासलेट भने हराएको हो ।’ ब्रासलेट  हराएपनि पलले फ्यानलाई भने दोष नदिएको उनको भनाइ छ । ‘ब्रासलेट हराएकोमा पलले कुनै दुख व्यक्त गरेका छैनन्’, कुँवर थपे ।

उद्योग वाणिज्य महासङ्घ कैलालीले आयोजना गरेको महोत्सव गत मंसिर २२ देखि नियमित चलिरहेको छ । पुस २ गतेसम्म चल्ने भनेर आयोजना भएको महोत्सव तीन दिन थप गरिएको छ । 

महोत्सवमा आइतबार गायक प्रमोद खरेलको प्रस्तुति रहेको थियो । महोत्सवमा गायक रामजी खाँड, खेम सेन्च्युरी, पुष्कल शर्मा, हिमाल सागर, शान्तीश्री परियार, एलिना चौहान, प्रताप दास, रमेश राज भट्टराई, बबिता बानिया जेरी लगायत थुप्रै गायक गायिकाले प्रस्तुति दिइसकेका छन् । महोत्सवमा दैनिक करिब १ लाख बढी दर्शक  हुने गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *