सप्तरी। धानखेतमा फालिएको एक नवजात शिशुको उद्धार गरिएको छ । सप्तरीको राजविराज नगरपालिका– ९ नहर चोकस्थित धान खेतमा फालिएका ती नवजात शिशुको आज उद्धार गरिएको हो ।
धान खेतमा अलपत्र अवस्थामा शिशु रोइरहेको देखेपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको थियो ।
ती शिशुलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइएको छ ।
शिशु कसको हो भने खुलीसकेको छैन । नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।