Search
Close this search box.
Search
Close this search box.

धुम्बाराहीमा केपी ओली र माधव नेपाल पक्षबीच छलफल सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा दुई पक्षबीच छलफल सुरु भएको हो । छलफलमा ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ छन् ।

यसैगरी माधव नेपाल पक्षबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, र रघुजी पन्त सहभागी छन् ।
लामो समयको संवादहीनता अन्त्य गर्दै ओली र नेपालबीच भेटवार्ता भएको हो । गत २५ कात्तिकपछि दुई नेताबीच छलफल भएको थिएन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *