धुलाबारीलाई पराजित गर्दै रोङ फुटबल क्लब सेमिमा प्रबेश

शान्तिनगर । रोङ फुटबल क्लब इलाम झापाको बुद्धशान्ति ५ मा जारी  प्रथम शान्तिनगर जागृती नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुद्धशान्ती ५  खारखोलाको गौतम  बुद्ध प्राबिको प्राङ्गणमा सम्पन्न खेलमा धुलाबारी फुटबल एकाडेमी फुटबल क्लबलाई ४/१ ले पराजित गर्दै रोङ फुटबल क्लब सेमिमा प्रबेश गरेको आयोजक जागृती युवा क्लबका अध्यक्ष अजय सरदारले जानकारी दिएका छन । 

EPIC EPIC EPIC

बिजयी टिमका तर्फबाट राजन धिमाल , सुदिप राई, सुनिल लेप्चा र गौरब राईले गोल गरेका थिए भने धुलाबारीका लागि अबिनास चौधरिले सान्त्वना गोल फर्काएका थिए । बिजेता टिमका राजन धिमाल म्यान अफ द म्याच घोसित हुँदै सम्मानित भएको आयोजकले जनाएको छ ।


प्रतियोगिताको उपाधी बिजेतालाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै उपबिजेतालाई नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष अजय सरदारले जानकारी दिनुभयो ।  भोलिको खेल आदर्श युबा क्लब बुधबारे र काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबिच हुने आयोजक समितिका बिष्णु लामिछनेले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *