धुलाबारी बजारमा पसल फोडेर तीन लाखको कपडा चोरी गर्ने दुई जना पक्राउ

मेचीनगर–१० धुलाबारी बजारको कपडा पसलबाट करिब तीन लाख बराबरको लत्ताकपडा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलाबारीमा ३३ वर्षीय अंकित सेठियाले सञ्चालन गरेको भैरव स्टोरबाट बुधवार राति लत्ताकपडा चोरी गर्ने मेचीनगर नगरपालिका– १० टिमाई भेली बस्ने २८ वर्षीय दुखूँ मिया र सोही ठाउँ बस्ने २१ वर्षीय तेजराज विष्ट पक्राउ परेका हुन् ।

सीसी टिभी फुटेजमा उनीहरूको पहिचान भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले खोजतलास गर्नेक्रममा हिजो साँझ ५ बजे दुवैलाई नियन्त्रणमा लिएको हो । चोरी गरी लगेको लत्ताकपडाहरू दुवै जनाको घरबाट बरामद गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *