काठमाडौं । नेपालमा पछिल्लो केहीबेरअघिबाट फेसबुकमा समस्या देखिएको छ । राजधानी काठमाडौंसहित देशभरका प्रयोगकर्ताहरूको फेसबुक एकाउन्ट आफै लगआउट हुने, फिड लोड नहुने, तस्वीर र भिडियो पोस्ट नहुने, म्यासेन्जरमा म्यासेज पठाउन नसकिनेलगायतका समस्या देखिएका छन् ।

















