चितवन । चितवन प्रहरीले नक्कली नोट बोक्नेलाई पक्राउ गरेको छ । नक्कली नोटले सामान किन्ने क्रममा चितवनमा एकजना पक्राउ परेका छन् । पसलमा सामान किन्दा नक्कली नोट दिएर फरार भएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सामान किनेपछि फरार भएका प्रहरीले मकवानपुरको राक्सीराङ–८ का २६ वर्षीय जीतबहादुर लोप्चनलाई पक्राउ गरेको चितवन प्रहरी प्रमुखनान्ती राज गुरुङले बताए । जिल्ला प्रहरी कार्यालय चितवनले ३ लाख २१ हजार नगदसहित उनलाई पक्राउ गरेको हो ।
उनलाई अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । लोप्चनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रासम्बन्धी कसुरमा थप अनुसन्धा नचलाउने तयारी गरेको छ । उक्त कानुनी व्यवस्थाअनुसार १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको छ ।