नख्खु जेल विद्रोहका एक चर्चित योद्धा पूर्वसांसद लामाको निधन

काठमाडौं। नख्खु जेल विद्रोहका एक चर्चित योद्धा, पूर्वसांसद तथा तत्कालीन नेकपा (एमाले) का केन्द्रीय सदस्य बीरबहादुर लामाको निधन भएको छ।

EPIC

ललितपुरको पाटन अस्पतालमा उपचाररत ७० वर्षीय लामाको आज बिहान ४ बजे निधन भएको उनकी छोरी श्रमिक लामाले जानकारी दिएकी छिन्। उनका अनुसार निमोनिया भएपछि गत सोमबार उनलाई पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि बिहीबारबाट भेन्टिलेटरमा राखिएको थियो।

यद्यपि, उनलाई कोरोना भाइरसको संक्रमण भने देखिएको थिएन। पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो। दुवै मिर्गाैलाले काम गर्न छाडेपछि लामा विगत २ वर्षदेखि नियमित डायलाइसिस गराइरहेका थिए।

लामा नख्खु जेल ‘ब्रेकर’का रुपमा पनि चिनिन्थे। उनी २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भागेका १५ जनामध्येका एक हुन्। वि.सं. २०४९ मा जिल्ला विकास समिति मकवानपुरका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

EPIC EPIC EPIC

लामा २०६२/६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसद्को सदस्य थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए। मकवानपुर फाखेलका स्थायीवासी लामाले अशोक राईको नेतृत्त्वमा तत्कालीन नेकपा एमाले छाडेका थिए।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar