Search
Close this search box.
Search
Close this search box.

नगरपालिकाको सूचनालाई बेवास्था गर्दै मागुरमाडीमा पुराण

मेचीनगर, असोज ३० । कोरोना महामारीका बीच सरकारले सामाजिक दुरी कायम गरी सुरक्षीत जीवन यापन गराउन पटक पटक सार्वजनिक सुचना जारी गरिरहेका बेला पनि झापा मेचीनगर ९ मा भने गाउँभरिका मानिसलाई निम्तो गरेर पुराण लगाउने अन्तिम तयारी भएको छ ।

पुराणका लागि पण्डाल लगाएर तयारी अवस्थामा राखिएको कुवँरको घर ।

मेचीनगर ९ मागुरमाडीका हरि कुवँरको घरमा भोलिदेखि श्रीमदभागवत पुराण लगाउने अन्तिम तयारी भएको छ । पुराण लगाउने तयारीसंगै कुवँरका छिमेकीहरु भने त्रसित भएका छन ।

कोरोनाको महामारीका बेला पुराण लगाउँदा धेरै मान्छे भेला हुने र कोरोना भाईरस गाउँभरि नै फैलिने खतरा भएकाले आफु त्रसित भएको कुवँरका एक छिमेकीले बताउनु भयो । वहाँले नाम नबताउने सर्तमा भन्नु भयो,‘

हामीले रोक्न पनि अप्ठ्यारो, छिमेकीमा के दुश्मनी गर्नु तर अहिले पुराण लगाउने बेला होइन यसले गाउँ नै सखाप बनाउँछ ।’

मागुगरमाडी सामुदायिक वन उपभोक्ता समिति बिट नं. १ को कार्यालयको उत्तर पुर्वमा घर रहेको कुवँर परिवारले पुराणमा सहभागि हुन गाउँका सबै घरलाई निम्तोका रुपमा सुपारी समेत बाँडेको एक छिमेकीले बताउनु भयो ।

मेचीनगरमा समेत पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण फैलिरहेकाले नगरपालिकाले असोज २५ गते सार्वजनिक सूचना नै जारी गरेर स्थायी संरचना भएका मठ मन्दिरमा मात्र एक जना ब्यक्तिले पुजा गर्ने गरी ब्यवस्था गर्न भनेको छ । तर मागुरमाडीका कुवँर परिवारले नगरपालिकाको सूचनालाई पुरै बेवास्ता गर्दै पुराणको आयोजना गरेर गाउँलाइ नै कोरोना भाइरसको जोखिममा परेको छिमेकीहरु बताउँछन ।

यो बेला पुराण लगाउन नपाईने र पुराणको तयारी भएको भए पनि त्यसलाई रोक्ने मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले बताउनु भयो ।

नगरपालिकाले सूचना नै निकालेर भिडभाड गरेर पुजा समेत गर्न नपाइने भनेकाले पुराण लगाउन समेत नपाउने इलाका प्रहरी कार्यालय काकरभिट्टा डिएसपी राजेन्द्र पोखरेलले बताउनु भयो । डिएसपी पोखरेलका अनुसार नगरपालिकाले अनुरोध गरेर रोक्न सक्छ यदि नगरपालिकाले अनुरोध गर्दा समेत नमानेमा नगरपालिकाको सहयोगमा प्रहरीले बल प्रयोग गरेर भए पनि पुराण बन्द गराउनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *