Search
Close this search box.
Search
Close this search box.

नगरप्रमुखको नाममा एसईई परिक्षा दिने नक्कली परिक्षार्थी पक्राउ

screenshot 20230402 191213 chrome

जनकपुरधाम । रौतहटस्थित एक एसईई परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका नेकपा एमालेबाट मेयर निर्वाचित प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साहलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट कमललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ रहेको छ । गणित विषयको परीक्षा दिइरहेका बेला प्रवेशपत्रसहित पक्राउ परेका साहलाई रौतहट जिल्ला प्रहरी कार्यालयको हिरासत राखिएको छ ।

EPIC

प्रहरीका अनुसार पक्राउ परेका नक्कली परीक्षार्थी इन्जिनिरसमेत साह मेयर कानुको नातामा ज्वाइँ हुन् । उनलाई परीक्षा नियमावलीअनुसार कारबाही हुने रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *