नयाँ वर्षका दिन जन्मने पौने ४ लाख, भारतमा ६० हजार

काठमाडौं। नयाँ वर्ष २०२१ को पहिलो दिन अर्थात् जनवरी १ तारिखका दिन यो धरतीमा तीन लाख ७१ हजार पाँच सय चार जनाले प्रवेश गरे। तीमध्ये छिमेकी भारतमा मात्रै करिब ६० हजार शिशुले जन्म लिएको युनिसेफले बताएको छ।

EPIC

नयाँ वर्षको पहिलो दिन जन्मने आधाभन्दा बढी शिशु १० देशमा जन्मिएका छन्। त्यसमा सबैभन्दा बढी भारतमा जन्मिएका छन्। तर, पछिल्ला वर्षहरुका आँकडामा दृष्टि लगाउने हो भने, यो संख्या केही कम हो। गत वर्ष ९२०२००को जनवरी १ तारिखमा भारतमा ६७ हजार ३८५ शिशु जन्मिएको सरकारी आँकडा छ।

युनिसेफका अनुसार यो वर्ष संसारमा १४ करोड शिशुको जन्म हुनेछ। जसमा भारतपछि चीन दोस्रो नम्बरमा पर्नेछ। तेस्रो नम्बरमा नाइजेरिया पर्ने अनुमान युनिसेफलले गरेको छ।

युनिसेफका अनुसार चीनमा यो वर्ष ३५ हजार ६ सय १५को जन्मे हुने छ भने नाइजेरियामा २१ हजार चार सय ३९ शिशु जन्मने छन्। दक्षिण एसियाली मुलुक पाकिस्तानमा १२ हजार तीन सय ३६ शिशु जन्मने अनुमान छ।

EPIC EPIC EPIC

धरतीमा आउने शिशुका बारेमा युनिसेफले काम गर्दै आएको छ। उक्त संस्थाले सबै देशको मासिक तथा दैनिक जन्म आँकडा, महत्वपूर्ण रेकर्ड तथा राष्ट्रिय स्तरमा घरेलु सर्भेक्षणको आँकडा प्रयोग गर्ने गर्छ। यो वर्ष संसारभर जन्मने करिब १४ करोड शिशुको आयु औसतमा ८४ वर्ष हुने पनि अपेक्षा गरिएको छ।

EPIC

युनिसेफको आँकडा अनुसार यो वर्षको आरम्भको दिन सबैभन्दा पहिलो शिशु फिजीमा जन्मिएको थियो र अन्तिम शिशु भने अमेरिकामा जन्मिएको अनुमान गरिएको छ। यो वर्षको पहिलो दिन जन्मिएका शिशु नितान्त फरक वातावरणमा जन्मिएका छन्।

अहिले संसारको जनसंख्या सात अर्ब ८८ करोड पुग्नै लागेको छ। सन् २०५० सम्ममा विश्वको जनसंख्या नौ अर्ब पुग्ने अनुमान गरिएको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar