Search
Close this search box.
Search
Close this search box.

नरेन्द्र मोदी हाउडी नै रहेछन्

हामी वहाँबाट यहाँसम्म आइपुग्यौँ ? यो प्रश्न एक अनुभवी भारतीय राजनीतिज्ञ राजीव डोगराले गरेका हुन् । जसले भारतको विदेश नीति सम्बन्धमा कैयन किताब लेखिसकेका छन् र कैयन देशमा भारतीय राजदूतको रुपमा काम पनि गरिसकेका छन् । वहाँबाट भन्नुको मतलब यो हो कि, जब भारतले विदेशी सहायता लिन बन्द गरिदिएको थियो । यहाँसम्म भन्नुको अर्थ अब त्यो नीतिमा बदलाव गरेर महामारीमा भारत पुनः विदेशी सहायता लिइरहेको छ ।

आजभोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाउडी सावित भएका छन् :

किनकि भारतको त्यति ठूलो अडान या नीतिमा मोदीले पानी फेरिदिएका छन् । राजनीतिज्ञ डोगराले खुलासा गरेका छन् कि, सन् २००० तिर भारतले विदेशी सहायता लिने नलिने बारे विचार हुन थालेको थियो । जब मिटिङ्ग गरिन्थ्यो, त्यहाँ यसो भनिन्थ्यो, जब हामी विश्व बचाउन सक्छौँ भने हामी किन अरुबाट सहायता लिन हात फैलाऊँ ?

EPIC

डोगरा अगाडि लेख्छन्, सन् २००४ मा आएको सामुद्रीक सुनामीको समयमा भारतले बाहिरी सहायता लिनुको सट्टा कैयन देशलाई सहायता उपलब्ध गराएको थियो । भारतको अण्डमान निकोबार र तमिलनाडुमा सुनामीले ठूलो तहसनहस गरेको थियो । त्यसबेला भारत सरकारले हामी एक यस्तो मन्जिलमा पुगिसकेका छौँ, यो परीक्षाको समय हो तापनि हामी यसलाई पार गर्नसक्छौँ । हामी कसैसँग सहायता माग्दैनौ उल्टै हामी अरुलाई दिन्छौँ भनेको थियो । भारतले दक्षिण पूर्वी देशहरुलाई सुनामी विपद्बाट पार पाउन थुप्रै किसिमको सहयोग गरेको थियो । भारतले सुनामी प्रभावित देशहरुमा अर्ली वार्निङ्ग सिस्टम समेत बनाइदिएको थियो ।

EPIC EPIC EPIC

यस्तो देश आज विदेशी सहायता पाउन हात पैmलाई रहेको छ । यसको झलक, भारतका विदेश मन्त्री डा. एस जयशंकरको मे ८ को ट्वीटमा दर्ज प्रतिक्रियाहरुमा देखियो । विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीको चार ट्वीट पोष्ट साझा गर्दै उनले एक ट्वीट गरे, अमेरिका देखि सिंगापुर, जर्मनी देखि थाईल्याण्डसम्म, दुनिया भारतको साथ छन् । बागचीले आफ्नो ट्वीटमा तस्वीरहरुका साथ यो जानकारी दिएका थिए कि कोरोनाको दोस्रो लहरसँग जुझ्नका लागि कैयन देश जो रेमडेसिविर, अक्सिजन सिलिण्डर र अक्सिजन प्लान्ट, कन्सन्टे«टर जस्ता मद्दत भारत पठाइरहेका छन् ।

EPIC

विदेश मन्त्री डा. जयशकरको ट्वीटमाथी भारतीयहरुले असहमत हुँदै लेखे, अरु देशलाई मद्दत गर्ने देश भारत अब विदेशबाट मद्दत लिइरहेको छ । दीक्षा नितिन राउत नामकी महिलाले विदेश मन्त्रीको ट्वीटको जवाफमा यस्तो ट्वीट गरेकीछन्, अमेरिका देखि सिंगापुर, जर्मनी देखि थाइल्याण्ड हामीलाई मद्दत गर्दैछन् किनकि हामी आफ्ना नागरिकहरुका लागि पर्याप्त सुविधाहरु उपलब्ध गराउन समक्ष छैनौ । यो सम्मानको बिल्ला होइन । यसले हामीलाई नाकाम बनाइरहेछ । यो आत्मनिर्भता होइन ।

यो कुराबाट पनि मोदी हाउडी भएको प्रमाण पुग्दछ । केही महिना अघि भारत र चीनबीच सीमाको विषयलाई लिएर सम्बन्ध बिग्रिएको थियो । त्यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा आत्मनिर्भर कार्यक्रम नै लागू गरेका थिए तर अहिले भारतमा कोरोनाको दोस्रो लहरबीच मोदीको आत्मनिर्भर कार्यक्रम ध्वस्त भएको छ । मोदी आफ्नै विचारमा अडिन सकेनन् । यो उनको
ठूलो हाउडी पन हो ।

भारतका नागरिकमा आम धारणा यो थियो कि, प्रधानमन्त्री नरेन्द्र मोलीले देशलाई आत्मनिर्भर बनाइदिए । कोरोना भाइरस संक्रमणको पहिलो लहरका बिरुद्ध दुई किसिमका भारतीय खोप बनाउन सकेकामा यस्तो विचार विकास भएको थियो । संकटलाई भारत स्वयम् मुकाबला गर्न सक्छ भन्ने विचार विकास भएको थियो ।
त्यसबेला मोदीले भनेका थिए कि, भारत अब पहिला जस्तो छैन र अब एक अन्तर्राष्ट्रिय ताकत भइसकेको छ तर अहिलेको महामारीलाई निपट्नका लागि विदेशबाट लिएका सहयोगले के देखाइरहेको छ भने, मोदीको राष्ट्रिय गौरवलाई स्वयम् मोदीले नै चोट पु¥याएका छन् । यो त झन् ठूलो हाउडीपन हो ।

विदेशमा मोदीको बुलन्द आवाज :

जनवरीमा मोदीले विश्व आर्थिक मञ्च डाभोसमा विश्वलाई सम्बोधन गर्दै बुलन्द आवाजमा भनेका थिए कि, भारतले कोरोना महामारी उपर काबु पाइसक्यो । यसरी भारतले विश्वलाई एक ठूलो संकटबाट बचायो । उनले यो पनि दाबी गरेकी, उनको सरकारले महामारीलाई निपट्नका लागि एक मजबुत स्वास्थ्य प्रणाली बनाइसकेको छ । विश्वले मोदीको आवाजलाई एकीन गरेका थिए । विश्वले मोदीलाई विश्वकै निकै प्रभावशाली नेताको रुपमा हेरेका थिए । मोदीको भाषण सुन्न र उनलाई एक झलक हेर्न मानिसहरु आतूर भएका थिए । मोदी ग्ल्यामरस दुनियाका आकर्षक नायक जस्तै भएका थिए । मानौ उनी पनि हलिउडका एक चर्चित हिरो हुन् । मोदी ब्राण्ड भनेर त दुनियाले भन्न थालिसकेका थिए ।

मोदी प्रचारबाजी धेरै गर्छन् :

राजीव डोगराको भनाई अनुसार, डा. मनमोहन सिंह आफ्नो कामको प्रचार कम गर्दथे । सिंहका पालामा पनि भारतले विदेशलाई सहयोग गरेको थियो तर मोदीले जस्तो डंका डिटेर होइन । सुनामीको समयमा
विदेशमा यो सन्देश प्रवाह भयो कि, भारतले साह्रै राम्रो कदम उठायो ।

विदेशी मिडियामा भारत :

अहिले विदेशी मिडियामा भारतमा कोरोना महामारीको घातक दोस्रो लहर, नाजुक स्वास्थ्य प्रणाली, श्मशान घाटमा चिता अभाव, खुल्ला मैदानमा शबको अन्तिम संस्कार, अक्सिजनको आशामा तड्पिइरहेका कोरोना बिरामी, अस्पतालमा बेड, उपचार, दवाई, उपकरण आदिको अभाव र शवहरु नदीहरुमा बगाइएको दृष्यहरु देखाइरहेका छन् ।

राजीव डोगराका अनुसार, आजको प्रविधिको समयमा वास्तविकतालाई लुकाउन सकिन्न। ड्रोनहरु हावामा उड्दै नदीमा शव बगिरहेको चित्र खिच्छन्, यदि धेरै शव बग्यो भने भारतको राम्रो छवी देखिदैन । हालत खराब नभएको भए अस्पतालहरुमा यतिबिघ्न प्रेसर पर्दैनथियो । भारतको छवीमा फरक परिरहेको छ ।

मोदी सरकार यस संकटलाई निपट्न पूरै नाकाम भएको छ । दर्जनौ देश चिकित्सा सहायता भारत पठाइरहेका छन् । जसमा कैयन उपहारका रुपमा, कैयन वाणिज्यिक लेनदेनका रुपमा सहायता पठाइरहेका छन् । जसले गर्दा भारतले अरु देशबाट सहयोग नलिने नीति र आत्मनिर्भर भारतको नीतिलाई पुरै विस्थापित गरेको छ ।

विदेशमा मोदीको आलोचनाः

विश्वकै प्रसिद्ध चिकित्सा पत्रिका लान्सेटमा
हालैमा सम्पादकीयमा भारतका प्रधानमन्त्री मोदीको कडा आलोचना गरिएको छ ।
भनिएको छ, मोदी सरकार, संकट रोक्न ध्यान दिनुको साटो सरकार उपर आलोचना
गर्नेहरु र खुला बहसलाई दबाउन धेरै समय बिताइरहेका छ । यो अक्षम्य हो ।

ऐँचो पैँचो प्रणाली भारतमा :

मोदी सरकारले विदेशी सहायतालाई सही ठहराउने कोशिश गरेको छ । देशको शीर्ष राजनीतिज्ञ हर्षवर्धन श्रृंगलाले विदेशी
सहायता उपर भनेका छन्, हामीले सहायता दियौँ र अब हामीलाई सहायता मिलिरहेको छ । उनले यस कुरामा जोर दिएका छन् कि, यो भारतको अन्तर्राष्ट्रिय साखको संकेत हो कि देशमा कति विदेशी सहायता आइरहेको छ ।

विदेशमा रहेका भारतीयहरुमा लाज : भारतले कोरोनाको दोस्रो लहरलाई राम्ररी व्यबस्थापन गर्न नसक्दा विदेशमा रहेका भारतीयहरुलाई लाज लाग्न थालेको छ ।
पहिलो लहरलाई निकै राम्रोसँग हराएको भारत अहिले आएर भने निकै नराम्रोसँग लडखडाएकोमा विदेशमा रहेका भारतीयहरुमा निराशा र लाज छाएको छ । भारतीय हुनुको गर्वमा ठेस लागेको छ । विदेशमा रहेका भारतीयहरु मोदीका जबरजस्त समर्थक रहेका थिए तर अहिले आएर मोदीको क्षमताउपर बहश शुरु भएको छ ।

मोदीको तारीफ र आलोचना :

अर्मेनियामा भारतीय राजदूत रहिसकेका अचल मलहोत्रा लेख्छन्, सबै विश्व नेताका लागि प्रशंसा र आलोचना, उनीहरुका
राजनीतिक करियरको हिस्सा हुन् । प्रधानमन्त्री मोदीले जुन किसिमले महामारीको वैश्विक आयामको अनुमान लगाए र ठोस कदमको माध्यमले अन्य देशहरुलाई सहायता दिने तरिकाप्रति जोर दिए, त्यो तरिकाको व्यापक स्वीकार्यता छ । विश्वको बाँकी हिस्साको तुलनामा भारतले पहिलो लहरलाई राम्रोसँग सम्हालेको थियो । विश्वका अधिकांश नेताहरुले यस्तै किसिमको सामना गरिरहनु परिरहेको छ । कोरोना संकटको दौरान कथित दुष्प्रचारका
बाबजुद पनि मोदीप्रति अन्तर्राष्ट्रिय समुदाय समग्रमा सकारात्मक रहनेछन्। जसमा मोदीको पूरा भूमिका र वैश्विक मामलामा उनको योगदान शामिल छ ।

चीनको प्रसिद्ध बुद्धिजिविले गरे मोदीको प्रशंसा :

सिचुआन विश्वविद्यालयमा द स्कुल अफ इन्टरनेशनल स्टडीजका प्रोफेसर हुआङ्ग युन साङ्गले बताएका छन्, मोदी सम्भवतः भारतको अहिलेसम्मकै सबैभन्दा मजबुत नेता हुन् । आशा छ कि उनको छवी चिनिया शिक्षाविद र पेशेवरहरुकाबीच बनिरहने छ । संकटको समयमा अमेरिका जस्तो देश र विकसित देशपनि विदेशी
मद्दत लिन बाध्य हुन्छन् । यसमा कुनै शक छैन तर हामी सबैलाई आश्चर्य लागेको छ, जुन किसिमले मोदीले कमन सेन्स र वैज्ञानिक दिशानिर्देशको खिलाफ महामारी निपट्ने कोशिश गरे । त्यसपछि भारतमा जे भइरहेको हामीले देखिरहेका छौँ । त्यसमा हामीलाई दुःख लागेको छ । मोदीलाई साङ्गको यस्तो सल्ला छ, मोदीले देशभित्र र विदेशबाट समेत भइरहेको आलोचनाबाट पाठ सिकुन् ताकि सुशासन सुनिश्चित गरेर आफ्ना राज्यका काम र क्षमतामा सुधार गरुन् ।

भ्याक्सिन मैत्री अभियान :

अन्तर्राष्ट्रिय मामलाका विश्लेषकका अनुसार केहीमहिना पहिलासम्म भारत ती ठूला देशजस्तै सामेल थिए जसले सहायता जरुरत
परेका देशहरुलाई सहायता उपलब्ध गराए । अघिल्लो साल महामारी निपट्नका लागि एकसयभन्दा धेरै देशमा भारतले औषधी पठायो । छिमेकी देशहरुलाई सजिलो शर्तमा कर्जा उपलब्ध गरायो । भारत ती फ्रन्टलाइनर देशहरुमा सामेल थियो जो कोरोना खोपको वैश्विक अभियानमा थिए । अप्रिलको शुरुमा कोरोनाको दोस्रो लहरले
भइरहेको तबाहीपछि दोस्रो लहर समेतलाई भारत सरकाले ठोस कदम लिएर नियन्त्रण गर्नेछ भन्ने भारतका जनताहरुले आशा गरेका थिए । अब अहिले जनताहरु यो प्रश्न गरिरहेका छन् कि, आज भारत कसरी यस्तो दुर्दसापूर्ण अवस्थामा पुग्यो र कसरी हामी नै अरु देशबाट सहायता लिइरहेका छौँ ?

जनतालाई मर्न छाडेर विदेशमा भ्याक्सिन बेच्न के मजुबरी थियो ? वैश्विक खोप अभियानमा भारतले जुन मद्दत गरिरहेको थियो त्यस अभियानलाई भ्याक्सिन मैत्री नाम दिएको थियो । भारतले त्यसबेला दर्जनौ देशलाई भ्याक्सिन सप्लाई गरेको थियो तर देशका एकअरब चौँतीस करोडभन्दा बढी जनताका लागि पर्याप्त मात्रामा भ्याक्सिन होस् भन्ने कुराको ख्याल गरिएन । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले गरेका ट्वीट अनुसार विदेशमा बेच्नका लागि केन्द्र सरकारसँग ६.५ करोड भ्याक्सिन थियो । जब राज्यले माग्दा केवल ३.५ लाख मात्र बच्यो । उनी प्रश्न गर्छन्, भारतीय जता पार्टीले बताओस कि देशका जनतालाई मर्न छाडेर विदेशमा भ्याक्सिन बेच्न के मजुबरी थियो ?

तर पूर्व राजदूत अचल मल्होत्रा भन्छन्, भ्याक्सिन मैत्री अभियानलाई अहिलेको परिप्रेक्ष्यमा हेर्नु मनासिब हुँदैन । अतितमा लिइएको कुनै निर्णयलाई उसै बेलाको पृष्टभूमिलाई मध्यनजर गरेर हेर्नुपर्दछ । घरेलु
आवश्यकता, विदेशी खपत र खोपको क्यालिब्रेटेड सप्लाईको आंकलन अनुसार नै सो निर्णय गरिएको थियो । उबेलाका निर्णय सही नै थिए ।

अरु देशमा भ्याक्सिन पठाउने देश भारत आज स्वयम् अरु देशबाट भ्याक्सिनको आशा गरिरहेको छ :

दोस्रो लहरले अचानक परिदृष्य बदलिदिएको छ । खोपको सप्लाई हाम्रा निरन्तर आवश्यकताको अनुपात अनुसार तालमेल खाइरहेको छैन । त्यसै भएर भ्याक्सिन मैत्री अभियानउपर प्रश्न उठ्नु स्वाभाविक हो तर भ्याक्सिन मैत्री अभियानले भारतलाई लाभ मिलेको छ । भ्याक्सिन मैत्री अभियानकै साखका कारण आज विदेशबाट भारतलाई सहयोग मिलिरहेको छ । त्यसैले भ्याक्सिन मैत्री अभियानले अहम् भूमिका निभाएको छ । तरपनि डोगरा स्वीकारछन्, यो एक सत्य हो कि भारतका भ्याक्सिन फ्याक्ट्रीकाप्रति जुन राम्रो छवी थियो त्यसमा विश्वस्तरमै क्षति पुगेको छ । अरु देशमा
भ्याक्सिन पठाउने देश भारत आज स्वयम् अरु देशबाट भ्याक्सिनको आशा गरिरहेको छ ।

भारतले निकै नोक्सानी बेहोर्नु परिरहेको छ :

विशेषज्ञका अनुसार अघिल्ला केही हप्तादेखि भारतको निकै बदनामी भइरहेको छ । प्रधानमन्त्री मोदीको क्षमतामै प्रश्न गरिएको छ । दोस्रो लहर त यस्तै भयो तर तेस्रो लहरका लागि सही र पर्याप्त तयारी गरेमा देशको छवीमा सुधार हुनसक्छ ।

भारतले सत्रुदेश ठानिरहेको चीनका प्राध्यापक हुआङ्ग युन साङ्गको भारतप्रति मैत्रीपूर्ण विचार :

देशको शक्तिलाई मजबुरीको चश्माले हेर्नु ठीक होइन । कुनैपनि देशले विदेशी सहायता स्वीकारेको अवस्थाको दृष्टिले जज
गर्नु ठीक होइन । आपतकालीन अवस्थामा भारतमात्र होइन कि अमेरिका जस्तो शक्ति राष्ट्रपनि विदेशबाट सहयोग आओस भनेर आशावादी अवस्थामा हुन्छन् ।

सफल मुम्बई मोडल :

राजीव डोगरा भन्छन्, मुम्बई एक उदाहरण हो । जसले अघिल्लो साल धाराबीमा आएको संकट र यो पटकको संकटलाई कसरी राम्रोसँग नियन्त्रण गरेको छ ? उनको विचारमा यदि मुम्बईको सुत्र देशको अन्य शहर तथा राज्यमा अपनाएको भए विदेशबाट भारतले सहायता लिनु पर्दैनथ्यो । मुम्बईले यो मिसाल कायम गरेर देखाया कि, विकेन्द्रीकरण गरेर, सीमित साधनका साथ महामारी कसरी रोक्न सकिन्छ ? यस्तो राम्रो काम हुँदाहुँदै पनि अब सबै हात
फैलाई रहेका छन् । हामी कैयन प्रश्न खडा भएको वेवशीको अवस्थामा आइपुगेका छौँ । हामी स्वयम्लाई प्रश्न गरौँ कि, एक आत्मविश्वास भरिएको देश भारत जो चीनसँग मुकाबला गर्न चाहन्थ्यो, ती सब यस्तो स्थितिमा पुग्यो कि, भारत विदेशी सहयोगका लागि याचना गरिरहेको छ, गिडगिडाइरहेको छ ।

नरेन्द्र मोदी भ्याक्सिन, अक्सिजन र दवाई लिएर गायबः

नरेन्द्र मोदी भ्याक्सिन, अक्सिजन र दवाई लिएर गायब भएको भन्दै केही दिन अघि कांगे्रस नेता राहुल गान्धीले ट्वीट गरेका छन् । अब केवल सेन्ट्रल भिस्टा सुविधाजनक नयाँ संसद भवन, दवाईहरुका लागि जिएसटी र मोदीको तस्वीहरुमात्र बाँकी रहेको ट्वीट गरेका छन् ।

अमेरिकामा हाउडी मोदी समारोह :

अमेरिकाको ह्यूस्टनमा २२ सेप्टेम्बर २०१९ मा एक विशाल स्टेडियममा हाउडी मोदी समारोह आयोजना गरिएको थियो । जहाँ
भारतीय मुलका हजारौँ मानिसहरुले नरेन्द्र मोदीको जबरजस्त जोशका साथ स्वागत गरेका थिए । जसले मोदीको कदले आकाश छोयो, छोइरह्यो । त्यो समारोहमा आएका योगन्द्र शर्मा नामका भारतीय भन्छन्, त्यस समय हामी सबै मोदीको अन्ध भक्त थियौँ तर कोरोना संक्रमणको दोस्रो लहर भारतमा जुन अवस्था देखिएको छ त्यसले मोदी र भारतकै कद छोटो भएको छ । शर्माका नातेदार
र मित्रहरु पनि कोरोनाको दोस्रो लहरमा परेर मरे । मोदी हिरो थिए तर अब जिरो भए, शर्माले यस्तो विचार पोखे । अमेरिकामा आयोजित हाउडी मोदी कार्यक्रम एक संयोग थियो तर आज वास्तविकतामा परिणत भयो । – एजेन्सीको सहयोगमा

प्रस्तुती — भुवन तामाङ

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar