बाहिरी खेलाडी बिना टिमै नबन्ने अवस्था, भोजपुर फुडबलको वास्तविकता


दिपेन्द्र लुईटेल भोजपुर । भोजपुर नगरपालिका लगाए अन्य पालिकामा हरेक वर्ष खेलकुद क्षेत्रको विकासका लागि लाखौं रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । कागजमा हेर्दा यो लगानी उत्साहजनक देखिए पनि व्यवहारमा भने यसको प्रभाव अपेक्षाअनुसार देखिएको छैन । विशेषगरी फुटबलजस्तो लोकप्रिय खेलमा स्थानीय खेलाडी उत्पादन हुन नसक्नुले भोजपुर जिल्लाको खेलकुद नीतिमाथि गम्भीर प्रश्न उठाएको छ।
भोजपुरमा आयोजना हुने विभिन्न प्रतियोगिताहरू भोजपुर मेयर गोल्डकप जस्तै हुने, अन्य पालिकामा स्थानीय प्रतिभाभन्दा बाहिरी जिल्लाका खेलाडीहरूको सहभागिता उल्लेख्य देखिन्छ । आयोजकहरू नै प्रतिस्पर्धात्मक टोली बनाउन बाहिरबाट खेलाडी ल्याउन बाध्य हुनु, स्थानीय खेलकुद संरचनाको कमजोरीको संकेत हो।
स्थानीय युवाहरूमा खेलप्रति रुचि र क्षमता हुँदाहुँदै पनि व्यवस्थित प्रशिक्षण, पूर्वाधार र दीर्घकालीन योजना अभावका कारण उनीहरू अवसरबाट वञ्चित भइरहेका छन् । खेलमैदानको अभाव, प्रशिक्षकको कमी, नियमित लिग प्रतियोगिता नहुनु र खेलकुदलाई करियरका रूपमा अघि बढाउने वातावरण नबन्नुजस्ता समस्या यहाँका मुख्य चुनौती हुन्।
विशेषज्ञहरूका अनुसार बजेट विनियोजन मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन र दीर्घकालीन रणनीति आवश्यक हुन्छ । स्थानीय तहले विद्यालयस्तरदेखि नै खेलाडी पहिचान, प्रशिक्षण र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । साथै, स्थानीय क्लबहरूलाई सशक्त बनाउँदै प्रशिक्षक उत्पादन र खेल पूर्वाधार निर्माणमा ध्यान दिन जरुरी छ।
यदि यस्ता आधारभूत पक्षमा सुधार ल्याउन सकिएन भने, हरेक वर्ष बजेट खर्च हुँदा पनि भोजपुरले आफ्नै प्रतिभा उत्पादन गर्न नसक्ने अवस्था यथावत् रहनेछ । त्यसैले अबको आवश्यकता रकम खर्च गर्नु मात्र होइन, परिणाममुखी योजना र कार्यान्वयनमार्फत स्थानीय खेलकुदलाई वास्तविक रूपमा उकास्नु हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च