नर्वेमा पहिरो : एकको मृत्य, नौ बेपत्ता

ओस्लो। नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरू नौ जना बेपत्ता भएका छन्। राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राति पहिरो गएको अधिकारीहरूले जनाएका छन्।

EPIC

पहिरोका कारण मानवीय क्षतिसँगे भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ। घर तथा अन्य भवनहरू पनि नष्ट भएका छन्।

“पहिरो गएको ठाउँबाट एकजनाको शव निकालिएको छ भने अरू बेपत्ता भएकाहरूको खोजी भइरहेको छ,” एक प्रहरी अधिकारीले भने।

घटनास्थलमा हिँउ परिरहेकोले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको घटनास्थलमा खटिएकाहरूले बताएका छन्। प्रहरीले केही दिनअगाडि नै पहिरोमा परी कुल १० जना बेपत्ता भएको जनाएको थियो। बेपत्ता भएकामध्ये आठ जना वयश्क उमेरका रहेका छन् भने एकजना दुई वर्षका रहेका छन्।

EPIC EPIC EPIC

नर्वेका सञ्चार माध्यमहरूले उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकोप्टर र एम्बुलेन्सहरू परिचालन गरिएको जनाएका छन्। 

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar