नवज्योति च्यालेञ्ज कपको तयारी अन्तिम चरणमा

झापाको बुद्वशान्ति-२, जयपुरमा आयोजना हुने आठौं नवज्योति च्यालेञ्ज कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिताका लागि लगभग २ हजार ५०० जना क्षमताको बाँसको अस्थायी प्यारापिट निर्माण भएको छ । मञ्च निर्माणको काम सकिएको छ भने मैदान मर्मतको काम समेत अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

EPIC EPIC EPIC

माघ-२१ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल माघ २८ गते हुने छ । प्रतियोगितामा भारतका दुई क्लब र नेपालका ६ क्लबको सहभागिता रहने छ ।

प्रतियोगितामा आयोजक नवज्योति युथ क्लब , रेडहर्स एफसी इलाम, प्लानिङ व्वाइज काठमाण्डौ, मानेभन्ज्याङ एफसी भारत, न्यु स्टार एफसी सुनसरी, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, सिलिगुडी युनाइटेड भारत र नवप्रगति समाजसेवा क्लब मोरङ सहभागी हुने भएका छन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ७ हजार रुपैया पुरस्कार पाउने छन् । मष्ट भ्यालुएबल प्लेयर्सलाई १५ हजार तथा फाईनलका उत्कृष्ट गोलरक्षक, गोलकर्ता, डिफेण्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइने जनाईएको छ ।

प्रतियोगिताको बिजेताले नगद २ लाख २५ हजार र उपबिजेताले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । आदर्श माध्यमिक बिद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा २५ लाख रुपैया खर्च हुने अनुमान गरिएको आयोजक क्लबका अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रतियोगितालाई एलिस सप्लायर्सले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *