Search
Close this search box.
Search
Close this search box.

नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जन्मकैद

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर नवराज विकसहित छ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सजाय सुनाएको छ ।

आज मङ्गलवार न्यायाधीश खड्कबहादुर केसीको इजलासले थुनामा रहेका २३ र तारेखमा रिहा भएका १ गरी २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । यस्तै अदालतले आठ जनालाई सफाइ दिएको छ । हत्या गरिएका नवराज विककी प्रेमिका, प्रेमिकाकी आमालाई अदालतले जातीय छुवाछुतमा दोषी ठहर गरेको छ । उनीहरूलाई दुई वर्ष कैद फैसला गरेको छ ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा आफूभन्दा माथिल्लो जातकी युवतीसँग प्रेम गरेका भन्दै जाजरकोटका नवराज विक र उहाँका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो । उनीहरूको शव दुई हप्तासम्मको खोजीपछि भेरी नदी किनारबाट सङ्कलन गरिएको थियो । त्यस घटनामा १२ जना घाइते भएका थिए ।

याे घटनाकाे मुद्दामा गएकाे आइतवारदेखि अन्तिम सुनुवाइ शुरु भएकोमा आज अन्तिम आदेश आएको हो । दोषीहरूलाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको पनि फैसला भएको छ ।

नवराजका बुबा मुनलालको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । उनीहरूमध्ये किशोरीकी आमा धरौटीमा र अरू १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *