Search
Close this search box.
Search
Close this search box.

नागरिक जोगाउन धमाधम शिल गर्दै झापाका पालिका

तीर्थ तिम्सिना/ सुरज दङ्गाल, झापा- कोरोना संक्रमण दिनानुदिन बढेको भन्दै झापाका पालिकाले आफ्ना नागरिक जोगाउन धमाधम शिल गर्न थालेका छन् ।

जिल्लामा दैनिकजसो संक्रमणदर बढ्दै गएको भन्दै थप संक्रमण फैलिन नदिन बढी संक्रमित भएको पालिकाहरु शिल गर्न थालिएको छ ।

EPIC EPIC EPIC

जिल्लाको बुद्धशान्ति गाउँपालिकाले झापामा सबैभन्दा पहिला शिल गरेको छ । मंगलबार राती १२ बजेदेखी १२ गतेसम्म शिल गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् । समुदायस्तरमा कोरोना फैलिएको भन्दै शिल गरिएको अध्यक्ष भुजेलले बताए ।

शनिश्चरे बजार एक साताका लागि बन्द

त्यस्तै अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द गरिएको छ। वडा नं. ८ को कार्यालयले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै बन्द गरेको जनाएको छ।

साउन ८ गते राति १२ बजेदेखि १५ गतेसम्मका लागि बन्द गरिएको वडाध्यक्ष गोपीचन्द्र गौतमले जानकारी दिए।वडा कार्यालयले सूचना जारी गर्दै शनिश्चरे बजार र आसपासका क्षेत्र पूर्ण रुपमा बन्द गरिने जनाएको छ।

कनकाई नगरपालिका १६ गतेसम्मलाई सिल

कनकाई नगरपालिकाले साउन १६ गतेसम्मलाई सिल गरिएको छ। कनकाई नगरपालिकाले एक सूचना जारी गर्दै ९ गते राति १० बजेदेखि १६ गतेसम्मका लागि सिल गरेको हो।

नगरपालिकाले सबै व्यवसाय, बैंक तथा वित्तीय संस्था बन्द गर्न अनुरोध गरेको छ। नगरपालिका तथा वडा कार्यालयबाट अत्यावश्यक सेवाबाहेक सबै स्थगन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिए।

झापामा ह्वात्तै बढ्यो कोरोना

झापामा शुक्रवार साँझ सम्ममा ४२० जना संक्रमितको ज्यान गएको छ । दोस्रो लहरमा मात्र २९१ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा कोभिड विरुद्ध पहिलो डोज खोज ६६ हजार ६ सय ४६ जनाले लगाएका छन् भने दोस्रो डोज लगाउनेको संख्या २० हजार ५ सय ८९ जना रहेको छ ।

पछिल्लो समय कनकाई,बिर्तामोड,दमक,भद्रपुर र बुद्धशान्ति क्षेत्रमा संक्रमण दर बढ्दै गएको छ । अन्य पालिका समेत शिल गर्ने तयारी भईरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *