Search
Close this search box.
Search
Close this search box.

नाथमको तेस्रो शाखा झापामा

झापा । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले आफ्नो तेस्रो शाखा झापामा स्थापना गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले झापाको बिर्तामोडमा नाथमको शाखा उदघाटन गरे । यसअघि लुम्बिनी प्रदेशको बाँके र प्रदेश २ को महोत्तरीमा पनि शाखा कार्यालय स्थापना गरिएको थियो ।

नाथम पर्यटन तथा होटल व्यवस्थापनको अध्ययन–अध्यापन हुने एकमात्र सरकारी निकाय हो । काठमाडौंको कलेजमा विद्यार्थीहरुको अत्यधिक चाप बढेपछि प्रदेशस्तरमा शाखा कलेज स्थापना गरिएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक दीपक थापाले बताए ।

थापाका अनुसार सबै शाखामा बीएचएममा ८० जना र ब्याचलर अफ ट्राभल एण्ड टुरिजम (बीटीटीएम)मा ४० जना अध्ययन गर्ने क्षमता छ । हाल नाथमको बीएचएम, बीटीटीएम र मास्टर्स अफ हस्पिटालिटी म्यानेजमेन्ट (एमएचएम) मा करीब १ हजार ६ सय जना विद्यार्थीहरु छन् ।

शाखा कलेजहरुमा यो वर्षको शैक्षिक सत्रदेखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) शैक्षिक कार्यक्रम र पर्यटन तथा होटल सम्बद्ध तालीमहरू सन्चालन हुने कार्यकारी निर्देशक थापाले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *