Search
Close this search box.
Search
Close this search box.

नारायणीलाई पराजित गर्दै राप्ती बन्यो गौतमबुद्ध कप च्याम्पियन

काठमाडौं। फाइनलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले गौतमबुद्ध कप ट्वान्टी–२० प्रतियोगिताको उपाधि जितेको छ। चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो।

राप्तीका लागि ओपनरद्वय अमित श्रेष्ठले १७ बलमा ४ चौकासहित १८ रन बनाउँदा कुशल भूर्तेलले ३१ बलमा २ चौका र ४ छक्कासहित ४२ रनको योगदान गरे। शरद भेसावकर १० रनमा आउट हुँदा भुवन कार्की ४ रनमै पभेलियन फर्के।

२५ बलको सामना गरेका सुमित महर्जनले १/१ चौका र छक्कासहित २२ रन बनाउँदा कप्तान विनोद भण्डारीले २१ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाए। लोकेश बम ७ तथा जितेन्द्र मुखिया १ रनमा आउट हुँदा कमलसिंह ऐरी १ रनमा अविजित रहे।

नारायणीका लागि साहब आलमले ३, सुशन भारीले २ तथा करण केसीले १ विकेट लिए।

१४४ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सफल भयो। नारायणीका लागि ३१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४८ रन बनाउँदा इशान पाण्डे र रित गौतमले २७/२७ रन जोडे।

त्यस्तै राजु रिजाल र शिद्दान्त लोहनीले ६/६ रन बनाउँदा सुशन भारी र कप्तान करण केसी १ रनमा आउट हुँदा किशोर महतो शून्यमा पेभेलियन फर्के। साहब आलम र दिपेश श्रेष्ठ १/१ रनमा अविजित रहे। नारायणीका लागि अविनाश बोहराले सर्वाधिक ३ तथा भुवन कार्कीले २ र जितेन्द्र मुखिया-कमलसिंह ऐरीले १/१ विकेट लिए।

९ रनको रोमाञ्चक जितसँगै राप्तीले गौतमबुद्ध कपको उपाधि जितेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *