निःशुल्क कोरोना उपचार क–कसले पाउने ?

काठमाडौँ । सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले निःशुल्क उपचार पाउने संक्रमितहरूको वर्गीकरण सूची सार्वजनिक गरेको हो।


केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार अत्ति विपन्न,असहाय, अपांगता भएका व्यक्ति, असहाय एकल महिला, वृद्धवृद्धा र अग्रपंक्तिमा खटिएका व्यक्तिहरुले निःशुल्क सेवा पाउनेछन्।

EPIC EPIC EPIC EPIC EPIC


निःशुल्क उपचार पाउनका लागि यी सूचीका व्यक्तिहरुले अस्पतालमा प्रमाण पत्र वा आफू कार्यरत कार्यालयको सिफारिस अनिवार्य पेस गर्नुपर्ने छ। सूचनमा निःशुल्क सेवा पाउने व्यक्तिले कुनै वीमा कम्पनी बाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमा रकमबाट व्यहोर्नु पर्ने उल्लेख छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *