Search
Close this search box.
Search
Close this search box.

निजी क्षेत्रलाई पनि कोरोना खोप ल्याउन दिने तयारी

काठमाडौं । सरकारले कोरोना खोप निजी कम्पनीलाई पनि ल्याउन दिने तयारी गरेको छ । यसका लागि मन्त्रिपरिषद्ले निश्चित मापदण्ड राखेर निर्णय गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘निजी कम्पनीले ल्याएको खोप सरकारले भने किन्दैन । निजी प्रयोजनमा नै दिन सकिन्छ ।’

सरकारले ल्याएको खोप भने निःशुल्क नै हुने उनले बताए । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार २० लाख डोज कोरोना खोप दुई साताभित्रै आइपुग्छ । सरकारले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोरोना खोप ‘कोभिसिल्ड’ प्रतिडोज चार डलरका दरले खरिद गर्ने गरी निर्णय गरिसकेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *