Search
Close this search box.
Search
Close this search box.

निजी विद्यालयलाई गाैरीगंज गाउँपालिकाको राहत स्वरूप ८ लाख वितरण

झापा । विश्वव्यापी रूपमा फैलिएको काेराेना भाईरसकाे संक्रमणका कारण विद्यालय बन्द भई निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई समस्या परेको भन्दै झापाको एक स्थानीय तहले राहत स्वरुप शिक्षकलाई सहयोग गरेको छ ।

शिक्षा शाखा गाैरीगंजले राहत स्वरूप १७ वटा निजी विद्यालयका २६२ जना शिक्षक, कर्मचारी, चालक, सहचालकलाई प्रतिव्यक्ति ३ हजारका दरले राहत स्वरूप अाइतबार नगद रकम वितरण गरेकाे शिक्षा शाखाका अधिकृत सुशिल दाहालले बताएका छन् ।

गाउँपालिकाले गत अार्थिक वर्षमा निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई राहतका लागि ८ लाख रूपैयाँ बजेट छुट्याएकाे बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *