नियतबस गरिने गल्तीमा छुट हुँदैन :अध्यक्ष प्रसाईं

बुद्धशान्ति गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मनोज प्रसाईंले पदभार सम्हालेका छन्।
बुधबार अपरान्ह आयोजित एक कार्यक्रममा पालिका कर्मचारी,राजनीतिक दलका प्रतिनिधि एवं सुभेच्छुकका माझ उनले पदभार ग्रहण गरेका हुन् ।

अध्यक्षको पद सम्हाल्दै अध्यक्ष प्रसाईंले कुनै पनि सरकारी सेवा र सवारी नलिने कुरा दोहोर्याएका थिए।
यसपटक उनले उक्त सुबिधाबाट प्राप्त हुने रकमलाई कोष निर्माण गरी गरिव र बिपन्न जनताको स्वास्थ्यमा खर्चिने घोषणा गरे।
उनले पालिकाका वालविकासमा अध्ययनरत बिद्यार्थीहरुलाई दिवा खाजामा दश रुपैयाँ थप गर्ने समेत घोषणा गरे।
अहिले सरकारले बिद्यार्थीहरुलाई दिवा खाजा बापत १५ रुपैयाँ प्रदान गरिरहेको छ।

EPIC EPIC EPIC

पहिलो कागजि दस्ताबेजमा हस्ताक्षर गर्दै प्रसाईंले कर्मचारीबाट नियतबस हुने गल्तिमा माफि नहुने भन्दै कर्मचारीलाई जनताको चित्त बुझ्नेगरी काम गर्न निर्देशन दिए।
पालिकामा आगमनमा जस्तै बहिरगमनमा पनि सबैको साथ र माया पाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘ यो ५ बर्षे कार्यकाल म तलमाथि नगरी र कलकित नभई पुरा गर्न चाहान्छु त्यसका लागी सबैको साथ सहयोग आवश्यक पर्दछ’।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *