बुद्धशान्ति। बुधबारे जेसीज २०२१ काे अन्तिम बोर्ड बैठक आइतबार आफ्नै निर्माणाधिन सचिवालय भवनमा सम्पन्न भएको छ ।
अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा सम्पन्न बैठकले साधारणसभाको मिति तय गरेको छ । साधारण सभा डिसेम्बर १ अर्थात् मंसिर १५ देखि १७ गतेसम्म हुनेछ । इलामको पर्यटकिय क्षेत्र अन्तुमा शुरूहुने साधारणसभा १७ गते झापाकाे बुधबारेमा सम्पन्न हुनेछ ।
मंसिर १५ गते दिउँसाे ३:४५ देखि ४ बजेसम्म मनाेनयन दर्ताको समय तय गरिएको छ । सोही दिन साधारणसभा उद्घाटन र क्यान्डिडेट तालिम हुनेछ । १७ गते ४ बजेदेखि झापाकाे बुधबारेमा साधारणसभाकाे बाँकी काम सुरू हुनेछ । क्यान्डिडेट तालिम कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाल र १७ गतेकाे साधारण सभा कार्यकारिणी उपाध्यक्ष कृष्ण ढकालकाे सम्योजकत्वमा हुनेछ ।
२०२१ को अन्तिम बोर्ड बैठकमा हालसम्म बुधबारे जेसीजकाे गतिविधिमा सहयाेग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद प्रस्ताव पास गरिएकाे छ भने भवन निर्माणका सहयोग गर्नु हुनेलाई पनि धन्यवाद व्यक्त गरिएको छ ।
अनिल वाग्लेको अध्यक्षतामा बनेको २०२१ को टिमले हालसम्म ८० वटा कार्यक्रम सम्पन्न गरेको छ भने ती कार्यक्रम सप्पन्न हुन १० लाख बढी खर्च भएको जानकारी गराइयाे । यस बर्ष नै भवन निर्माण शुरू भएकाे छ । भवन निर्माणका लागि २० लाख बढीकाे रकम प्रतिबद्धता भएको छ । २४ वटा संस्था सँग यस बर्ष सहकार्य भएकाे छ । बुधबारे जेसीज याे बर्ष ४ विधामा नेपाल जेसीजबाट पुरस्कृत भएको छ ।
अन्तिम बोर्ड बैठकमा पूर्व अध्यक्ष सेमन्त पोख्रेल, हेमन्त बराल सहित बोर्ड पदाधिकारीकाे उपस्थिति थियाे ।