निवार्चन आयोगले चुनावको तयारीबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलायो

काठमाडौँ/ निवार्चन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै पक्ष प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष लाई छलफलका लागि बोलाएको छ। भोलि शुक्रबार बिहान साढे ११ बजे आगामी वैशाखका लागि तोकिएको निर्वाचनका विषयमा छलफल गर्न बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

EPIC

‘आयोगले निर्वाचनका लागि हालसम्म गरेको तयारीबारे छलफल गर्न उहाँहरूलाई बोलाएका हौं,’ उनले भने,‘उहाँहरूसँग निर्वाचन प्रक्रियाका विषयमा पनि कुराकानी हुन्छ।’

तर, नेकपा विवादका सम्बन्धमा भने छलफल नहुने उनको दाबी छ। ‘निर्वाचन तयारीका सम्बन्धमा मात्र कुराकानी हुन्छ, दल विभाजनका लागि अहिलेसम्म कुराकानी गर्ने तय भएको छैन,’ श्रेष्ठले भने।

सरकारले आगामी वैशाख १७ र २७ निर्वाचनको मिति तोकेको छ। यसअघि निर्वाचन आयोगले नेकपाका दुवै पक्षले गरेको फेरबदललाई अस्वीकार गरिसकेको छ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar