निशुल्क स्वास्थ परिक्षणको निर्णय सहित कार्कीले सम्हाले वडाध्यक्षको पद

बुद्धशान्ति वडा नम्बर ५का नवनिर्वाचित अध्यक्ष डेगेन्द्र कार्कीले जेष्ठ नागरिकको निशुल्क स्वास्थ परिक्षणको निवेदनमा तोक लगाउदै पदभार सम्हालेका छन् ।
उनले गत सोमबार गाउँपालिकाका पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए।
आफ्नो कार्यकालमा वडाका जेष्ठ नागरिकहरुले शान्तिनगर स्वास्थ्य चौकीमा निशुल्क प्रेसर र सुगर परिक्षण गर्न मिल्ने व्यवस्था गरिने अध्यक्ष कार्कीले घोषणा गरे।
उनले स्थानीय जेष्ठ नागरिक धनबहादुर दर्जीले निशुल्क स्वास्थ्य परिक्षण गरियोस भन्ने निवेदनमा तोक लगाउँदै पहिलो बैठकबाट पास गराउने बताए।
वडाकार्यलयले आयोजना गरेको ‘पदभार ग्रहण एवं स्वागत कार्यक्रम’मा बोल्दै उनले आँफु सबैको साझा उम्मेदवार भएर अघि बढ्ने बताए।

पदभार सम्हाल्नु अघि उनलाई स्थानिय गुरुङ समाजले बधाई एवं शुभकामना दिएका थिए।बाजागाजा सहित घरदैलो कार्यक्रम गर्दै कार्कीले स्थानीय लक्ष्मिनारायण मन्दिरमा पुजाआजा गरी वडाकार्यलय प्रबेश गरेका थिए।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि,कर्मचारी एवं सुभेच्छुकहरुले स्वागत गर्दै बधाई दिएका थिए।
अध्यक्षमा कार्कीसँगै सदस्यहरु नरबहादुर कुमाल,रामलखन चौधरी,रिता चौधरी, बिन्दा गदालले वडाकार्यलय प्रबेश गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *