नेकपा एमालेमा निर्वाचित नेतृत्व?

झापा। नेकपा एमालेको झापा जिल्ला अधिवेशन आजबाट अग्रसेन भवन बिर्तामोडमा सुरु हुँदै छ। अधिवेशनको खुल्ला सत्रको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दै हुनुहुन्छ।


नेकपा एमाले झापा जिल्ला कमिटिको दशौं अधिवेसनको नेतृत्व पार्टी एकीकरण भएको र माओवादी केन्द्रबाट आएका सदस्यहरुलाई पनि अटाउने गरी पार्टीको निर्णयले अन्य पार्टीबाट आएकालाई भोट हाल्न पर्ने ह्विप जारी गरेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

अन्य धेरै जिल्लाको अधिवेशनमा सर्वसम्मत नेतृत्व टुङ्गो लागेको र केही जिल्लामा मात्र चुनाव भएको थियो। चुनाव हुँदा अधिवेसनमा आएका प्रतिनिधिले भोट गर्न पाउनेछन्। नेपालको राजनीतिक परिवेश हेर्दा पार्टी या सरकारमा नेतृत्व लिन आशीर्वाद प्राप्त हुन पर्ने प्रणाली हावी हुँदै गएको छ।


अध्यक्षमा आकांक्षी हालका अध्यक्ष प्रेम बहादुर गिरी र सचिव शिव ढुङ्गेलको नाम चर्चामा छ। दुवै नेता केपी ओली निकटका हुन्। प्रेम बहादुर गिरी संविधान सभा सदस्य हुन् भने शिव ढुङ्गेल पार्टी संगठन निर्माणमा लागेका अब्बल नेतामा पर्छन्।


उपाध्यक्षमा तुलसी कार्की, सचिवमा असारू राजवंशी र सहसचिवमा खगेन्द्र नेपाल र नरमाया कार्कीको नाम चर्चामा छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *