Search
Close this search box.
Search
Close this search box.

नेकपा प्रचण्ड–नेपाल समूहले गर्‍यो भोलि नेपाल बन्दको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ। संविधान सभा सांसद एवम् प्रचण्ड–नेपाल समूहका नेता तारानारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएको बारे जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘केपी ओलीको असंवैधानिक निरंकुश जनविरोधी कदमको विरुद्ध भोलिको नेपाल बन्द सफल पार्न सम्पूर्ण रूपमा लागौं।’

यसैबीच प्रचण्ड-नेपाल पक्षले पेरिसडाँडामा दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलन बोलाइएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्। रिजालले ट्विटरमा लेखेका छन् -नेकपाले आज २ बजे पेरिसडॉडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ। पत्रकार मित्रहरूलाई हार्दिक आमन्त्रण छ।

राष्ट्रपति कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ खुवाएका थिए। त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका प्रमुखहरूले शपथ खुवाएका थिए। विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३२ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको छन्।

संवैधानिक परिषद्को सिफारिशमा विभिन्न आयोगका पदाधिकारी र सदस्य पदमा नियुक्ति गर्नु अगाडि सङ्घीय कानुन बमोजिम संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनुवाई हुन नसकेपछि नियमावली अनुसार ४५ दिन पुगेकाले उनीहरुको नियुक्ति गरिएको हो।

नेकपाले यसबारे आधिकारिक जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको हो। विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको आज सपथ ग्रहण गराएपछि प्रचण्ड पक्ष रुष्ट बनेको छ। मंगलबार यो समूहले निर्वाचन आयोगमा नेकपाको आधिकारिकताका लागि दाबी पेश गरेको थियो। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असंवैधानिक कदम भन्दै यो समूह सडक संघर्षमा छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *