नेतृ झाँक्रीलाई तत्काल रिहा गर्न प्रचण्ड-नेपाल समूहको माग

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी -नेकपा प्रचण्ड–नेपाल समूहले नेतृ रामकुमारी झाक्री पक्राउ परेकोप्रति चर्को विरोध जनाएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति सार्वजनिक गर्दै झाँक्री पक्राउ परेकोप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन् ।

EPIC EPIC EPIC

प्रवक्ता श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा झाँक्रीको गिरफ्तारिले आश्चर्यचकित पारेकोर यो शैलीले अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको भन्दै आपत्ति जनाएका छन् । । विज्ञप्तिमा झाँक्री पक्राउ परेपछि सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्र उदांगो भएको उल्लेख गरिएको छ ।

‘हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य कमरेड रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ’, प्रवक्ता श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको भिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारिले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *