नेपालका तीन खेलाडी टी-१० लिग खेल्ने

काठमाडौं। नेपालका तीन खेलाडीले टी-१० लिगको क्लबबाट खेल्ने भएका छन्। नेपालबाट तीब्र गतिका बलरद्धय सोमपाल कामी र करण केसी तथा अलराउन्डर कुशल मल्लले आगामी सिजनको टी-१० लिग खेल्ने भएका हुन्।

गएराति सम्पन्न ड्राफ्टमा सोमपालाई मराठा अरेवियन्सले अनुबन्ध गरेको हो। बलिङ अलराउन्डर सोमपालको टीममा सोएब मलिक, मोहम्मद हफिज, लाउरिए इभान्स, मोसाद्धक हुसेन, तस्किन अहमद, प्रविन ताम्बे, इशान मलहोत्रा, मुख्तर अली, अमजाद गुल, अब्दुल शाकुर, मारुफ मार्चेन्ट र सेद शाह छन्।

EPIC EPIC EPIC

अर्का बलिङ अलराउन्डर करण पुणे डेभिल्समा अनुबन्ध भएका छन्। सोमपालको टीम पुणेमा थिसरा परेरा, मोहम्मद आमिर, हार्दुस भिलजोन, साम विलिङ्स, चमरा कापुगेडेरा, अजन्था मेन्डिस, डेमोन थोमस, डर्विस रोसूली, नासिर होसैन, केन्नर लेविस असिफ खान, मोहम्मद बुता, दिनेश कुमार, भ्रित्या अरविन्द र मुनिस अन्सारी छन्।

युवा खेलाडी कुशल मल्ल भने टीम अबुधाबीमा अनुबन्ध भएका हुन्। टीम अबुधाबीमा यसअघि नेपालका पूर्व कप्तान पारस खड्का अनुबन्ध भएका थिए। पारस खड्सका यो सिजन मेन्टरको भुमिकामा छन्।

कुशलको अबुधाबीमा क्रिस गेल, क्रिस मोरिस, लुके राइट, नबिन उल हक, उस्मान सिनवारी, ओबेड मोकोए, हेडेन वालेश, नाजिबुल्लाह जर्दान, बेन कोक्स, रोहन मुस्तफा, कार्तिक हेयप्पन, लियोनार्डो जुलियन, एलेक्स हल्स छन्।

टी-१० लिग आबुधाबीस्थित जियाद क्रिकेट रंगशालामा २८ जनवरीदेखी ६ फेब्रअरीसम्म हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *