नेपालमा अझै १६ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाउन बाँकी

काठमाडौं – नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन अझै १६ प्रतिशत नागरिकले बाँकी रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लक्षित समूह मध्ये ८४.० प्रतिशतले खोप लगाइसकेका छन् । अर्थात् एक करोड ९५ लाख ९६ हजार ३९४ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यस्तै, ९५.४ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् । अर्थात् दुई करोड २२ लाख ६४ हजार ४७७ जना छन् ।

यस्तै, स्वास्थ्य मन्त्रालयकाअनुसार ३३ लाख ७४ हजार ५ जनाले बुस्टर डोज लगाएका छन् । मन्त्रालय कोरोनाभाइरस विरुद्धको खोप नलगाएकाहरुलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुगी खोप लगाउँन आग्रह गर्दै आइरहेको छ । यस्तै, पूर्णमा खोप लगाएको तीन महिना पुगेका सबैलाई बुस्टर डोज लगाउन समेत आग्रह गरेको छ ।

EPIC EPIC EPIC

यसअघि स्वास्थ्य मन्त्रालयले १८ वर्ष माथि उमेर समूहलाई लक्षित समूह राखेको थियो पछिल्लो समय १२ वर्षमाथि उमेर समूहलाई लक्षित समूहमा राखेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *