Search
Close this search box.
Search
Close this search box.

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नजिक

काठमाडौं । पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । जसमध्ये १ लाख ६० हजार ५७७ जनाले कोरोना जितेका छन् । 

२४ घण्टामा ८५३ जनाले कोरोना जितेका छन् भने २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ । 

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ । अहिले क्वरेन्टाइनमा भने एक हजार ५८ जना रहेका छन् । 

नेपालमा अहिलेसम्म १५ लाख ६४ हजार २१४ जनाको पीसीआर परीक्षण भएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *