नेपालमा दुई लाख बढीले लगाए बुस्टर डोज खोप

काठमाडौं – नेपालमा कोरोनाविरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) खोप दुई लाख २३ हजार ९४४ जनाले लगाएका छन् । सरकारले दुवै मात्रा खोप लगाएकामध्ये ६० वर्ष पूरा गरेका र फ्रन्टलाइनरलाई अतिरिक्त मात्रा खोप दिइरहेको छ ।

नेपालमा खोप अभियान सुरु भएको करिब एक वर्ष पुग्न लाग्दा दुई करोड ९६ लाख ६४ हजार ६०७ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

EPIC EPIC EPIC

हालसम्म कम्तिमा एक मात्रा १ करोड ६३ लाख ३३ हजार ९३७ जनालाई दिइएको छ । यस्तै, पूर्ण मात्रा एक करोड ३१ लाख ६ हजार ७२६ लाई दिइसकेको छ । नेपाल १८ वर्षमाथिका ८२.० प्रतिशतले कम्तीमा एकमात्रा खोप लगाएका छन् भने ६५.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *