Search
Close this search box.
Search
Close this search box.

नेपाली कांग्रेसको सय दिने अभियान: कचनकवलमा गाउँ भेला

पालिका संवाददाता

कचनकवल – नेपाली कांग्रेस कचनकवल गाउँ समितिको आयोजनामा आज एक सय दिने अभियान अन्तर्गत गाउँ भेला सम्पन्न भएको छ।

EPIC EPIC EPIC

कार्यक्रमको अध्यक्षता कचनकवल गाउँ समिति सभापति तुलाराम अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस जिल्ला सभापति देउमान थेबे उपस्थित रहनुभएको थियो। विशेष अतिथिका रूपमा जिल्ला सह-सचिव कालेन्द्र प्रसाद राजबंशी, र अतिथिहरूमा महाधिवेशन प्रतिनिधि सिताराम खड्का, विजय रिजाल, जिल्ला सदस्यहरू रुद्रमणि दाहाल, कृष्णमाया खड्का, गीत खरेल, र कचनकवल महिला सभापति सेलुतुन खातुनलगायतका नेताहरूको उपस्थिति थियो।

स्वागत मन्तव्य लालमहन राजबंशीले व्यक्त गर्नुभएको कार्यक्रममा सभापति तुलाराम अधिकारीले पार्टीका गतिविधिबारे प्रकाश पार्नुभएको थियो।

महाधिवेशन प्रतिनिधि सिताराम खड्काले पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा आफ्नो धारणा राख्दै संगठनलाई अझ सशक्त बनाउन आग्रह गर्नुभयो। कचनकवल अध्यक्ष कालेन्द्र प्रसाद राजबंशीले आफ्नो कार्यकालमा कृषि, स्वास्थ्य, खानेपानी, कालोपत्रे सडक निर्माणजस्ता क्षेत्रहरूमा उल्लेख्य प्रगति भएको र प्राविधिक शिक्षालय स्थापना गरी दुई करोडको कार्य भइरहेको भइरहेको दिनुभयो।

जिल्ला सभापति देउमान थेबेले पार्टीलाई यहाँसम्म पुर्याउनको लागि सबै सदस्यहरूको योगदान उल्लेखनीय रहेको बताउँदै आगामी दिनमा पनि सबै मिलेर पार्टीका गतिविधिमा सक्रिय रहनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका सभापति तुलाराम अधिकारीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *