बिर्तामोड – नेपाली कांग्रेस झापा जिल्ला सभापतिमा देउकुमार थेबे निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्याशी राम कट्टेललाई २५० मतान्तरले पराजित गर्दै थेबे सभापति निर्वाचित भएका हुन् ।
थेबेले १७६५ मत प्राप्त गरेका छन् भने कट्टेलले १५१५ मत प्राप्त गरेका छन् । ३ हजार ३११ जनाले मतदान गरेको झापामा थेबेले आफ्नो पद सुरक्षित गर्न निर्वाचन क्षेत्र नम्बर ३ को गणना पर्खनु परेको थियो।
थेबे कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला निकट उम्मेदवार हुन् । कट्टेल भने पार्टी प्रबक्ता बिश्वप्रकाश शर्मा नजिक मानिन्छन्।
त्यस्तै उपसभापतिमा केशवराज पाण्डे र शेरबहादुर भट्टराई निर्वाचित भएका छन् । उनिहरु दुबैजना थेबे प्यानलका उम्मेदवार हुन्।
उपसभापति पदका उम्मेदवार प्रेम सुम्बाहाम्फेले १६७४, केशवराज पाण्डेले १८८९, शेरबहादुर भट्टराईले १६१५ र केदार गिरीले १२२१ मत प्राप्त गरेका थिए। सम्बाहाम्फे र गिरी कट्टेल नेतृत्वको उपसभापति पदका प्रत्यासी थिए।
त्यस्तै सचिव पदमा कृष्णप्रसाद हुमागाई र नवीन बिमली निर्वाचित भएका छन्।
सचिव पदका लागि नवीन बिमलीले १८३८, कृष्णप्रसाद हुमागाईले १६७६ टुमलाल राजवंशीले १३३१ र बिश्वदिप लिङ्देनले १४३१ मत प्राप्त गरेका थिए।
उपसचिव पदका उम्मेदवार कलेन्द्र प्रसाद राजवंशीले १७६५, कमल प्रसाद भण्डारीले १६६०, पदम लिम्बुले १३४७, र उमाराम प्रसाईंले १३३७ मत प्राप्त गरेका छन्।
उपसचिव पदमा कलेन्द्र प्रसाद राजवंशी र कमल भण्डारी निर्वाचित भएका छन्।
कुल ३३११ मतदाता मध्ये क्षेत्र नं. १ बाट ६०८, २ बाट ५९३, ३ बाट ६४०, ४ बाट ७५२ र ५ नम्बर क्षेत्रबाट ७१८ जनाले मतदान गरेका थिए।