नेपाली चलचित्र “हात्तीछाप”को अर्को नयाँ पोस्टर सार्वजनिक 

आगामी माघ २६ गते रिलिजमा आउने फिल्म हात्तीछापको नयाँ पोस्टर सार्वजनिक भएको छ ।

EPIC

सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीको लुक्स प्रस्तुत गरिएको छ । पोस्टरमा दयाहाङ र उपासना एउटै पटुकामा बाँधिएको गम्भीर मुद्रामा प्रस्तुत भएका छन् । यसअघि, गत साता नायक सौगात मल्लको मात्र लुक्स समावेश गरेर पोस्टर सार्वजनिक गरिएको थियो ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, स्वस्तिका खड्का, उपासना सिंह ठकुरी, बेनिशा हलमा, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रियर राई, अनुप न्यौपाने, नारायण खाती, अनिता गिरी, बेन भुजेललगायतको मुख्य भूमिकामा अभिनय छ ।

किरण नेपालीको प्रस्तुतिमा पुष्कर गुरुङ र अमला देवी राईद्वारा निर्मित फिल्ममा सरोज नेपाली कार्यकारी निर्माता रहेका छन् । प्रदीप भारद्वाजद्वारा निर्मित फिल्ममा सुशान्त प्रजापतिको छायांकन रहेको छ । फिल्मको एउटा गीतको छायांकन गर्न बाँकी छ ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar