झापा- नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षक अब्दुलाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् ।
सम्झौता बाँकी छँदै कुबेती प्रशिक्षक अलमुताइरीले आफूले राजीनामा दिएको घोषणा गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै प्रशिक्षक अलमुताइरीले आफूले राजीनामा दिन एन्फा जान लागेको र त्यसको कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ भएको उल्लेख गरेका छन् ।
प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियन्सिपको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका छन् । अलमुताइरी गत चैतमा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए ।
उनको प्रशिक्षणमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल, विश्व कप र एसिया कप छनोट गरी चार खेलमात्रै खेलेको छ ।