Search
Close this search box.
Search
Close this search box.

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेशनल २०२३ मिस्टर कन्जेनिलिटी विजेताका भएका छन् ।

सेप्टेम्बर ८ देखि १७ सम्म थाइल्याण्डको बैंककमा आयोजित १५औं मिस्टर इन्टरनेशनल २०२३ मा नेपालको प्रतिनिधिको रूपमा प्रतिस्पर्धा गरि  नेपाली युवाप्रज्वल ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको हो । 

३६ देशबाट ३६ सै जना सहभागि भएको उक्त प्रतिष्पर्धामा नेपालको तर्फबाट प्रज्वल ताम्राकार सहभागि भएको थिए ।  

प्रतियोगितामा उनले प्रारम्भिक चरणमा ‘लाखे’ लाई राष्ट्रिय पोशाकको रुपमा प्रस्तुत गरेका थिए ।

सहभागि प्रतिष्पर्धी उम्मेद्वारहरूमध्ये सबैभन्दा मिलनसार, आकर्षक व्यक्तित्व र महत्वाकांक्षी उम्मेदवार रहेको भन्दै ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । 

प्रज्वल  ताम्राकारले सेप्टेम्बर ११ मा थाइल्याण्डको अयुथयामा भएको १५औं मिस्टर इन्टरनेशनलको परम्परागत रनवेमा नेपालको परम्परागत पोशाकको रूपमा ‘दौरा सुरुवाल’ प्रस्तुत भएका थिए ।

सो पोशाकको डिजाइनले नेपालको हिमाल, पहाड र तराई क्षेत्र र ती क्षेत्रहरूमा बसोबास गर्ने विभिन्न जातीय समूहहरूलाई प्रतिनिधित्व गर्दछ ।  यसले नेवारी संस्कृति र नेपाल दुवैको प्रतिनिधित्व गर्दछ ।

उनलाई बैंककमा अवतरणको क्रममा नेपालको राष्ट्रिय कवजसहित स्वागत गरिएको थियो ।

३६ देशबाट प्रत्येक १ जना सहभागि भएको उक्त प्रतियोगितामा थाईल्याण्ड पहिलो,भनेज्वयला दोस्रो र ब्राजील तेस्रो भएका थिए ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *