नेपाल आइपुग्यो भारतीय अनुदानको १० लाख डोज कोरोना खोप

काठमाडौं। भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ। एयर इण्डियाको विमानमार्फत् पहिलो चरणको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ।

EPIC

त्रिभुवन विमानस्थलमा आइपुगेको खोप नेपालस्थित भारतीय राजदूत विनयमोहन क्‍वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका छन्।

भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको थियो। अक्सफोर्डरएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप भारतले नेपाललाई दिएको हो। भारतले घोषणा गरेको पूरै १० लाख डोज खोप नै नेपाल आइपुगेको भारतीय दूतावासले जनाएको छ।

दूतावासका प्रथमसचिव अभिषेक दुवेले घोषणा गरेको पूरै डोज खोप नेपाल आइपुगेको जानकारी दिए।

EPIC EPIC EPIC

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ। विभागले त्यहीँबाट प्रदेशस्थित खोप भण्डारण केन्द्रमा पठाउनेछ। त्यहीँबाट जिल्ला-जिल्लामा पठाइनेछ। पहिलो चरणमा स्वास्थ्यकर्मीमा दिइने मन्त्रालयको तयारी छ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar