Search
Close this search box.
Search
Close this search box.

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को नयाँ नेतृत्व आज चयन हुँदै

बिष्णु श्रेष्ठ , बिर्तामोड । नेपाल उधोग वाणिज्य महासंघ प्रदेश १ को नयाँ नेतृत्व आज चयन हुदैछ । जसका लागि झापाको बिर्तामोडमा अधिवेशन भइरहेको छ ।
तेस्रो साधारणसभा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आज विहान उद्घाटन गर्नुभयो । दिउँसो हुने बन्दसत्र र त्यसपछि हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने अधिवेशन संयोजन गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिनुभयो ।
१५ सदस्यीय प्रदेश समितिका लागि १३ जना निर्वाचनबाट चयन हुने व्यवस्था छ । अध्यक्षले थप २ जना मनोनित गर्न पाउने बताइएको छ । अध्यक्षका लागि मोरङ्गका भीम घिमिरे र झापाका टिकाराज ढकाल प्रतिष्पर्धाको चर्चा छ । सबै जसो पद्मा निर्वाचन हुने व्यवसायीहरुले जानकारी दिएका छन् । झापाबाट प्रदेश सदस्यका लागि कुमार भट्टराई, भुपाल कटुवाल र जिल्ला नगर उपाध्यक्षमा कुमारमणी पोखरेलले उम्मेद्वारी दिने बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *