Search
Close this search box.
Search
Close this search box.

नेपाल–चीन नाका खुला

काठमाडौँ । चीनसँग सीमा जोडिएका पारम्परिक १४ वटा व्यापारिक नाका जेठ १२ गतेदेखि खुला भएको छ । औपचारिक रूपमा १४ वटै नाका खुला भएको घोषणा गरे पनि त्यसमध्ये हाललाई सात वटा नाकामात्र सञ्चालनमा आएका छन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सङ्खुवासभाको किमाथांकाको नाका हुँदै तिब्बत पुगेपछ चीनसँगको नाका सुचारु भएको घोषणा गरिएको हो । नौ दिनको भ्रमण गरी गत चैत १९ गते नेपाल फर्केका परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो भ्रमणका क्रममा बन्द रहेका नाकाहरू खुलाउने सहमति गरेका थिए ।

EPIC EPIC

उनी फर्केकै दिन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै विभिन्न १४ वटा नाका खुल्ने जानकारी दिएका थिए । चीनसँग जोडिएका १४ वटा जिल्लाका १८ वटा नाका छन्, जो विभिन्न कारणले २०७६ सालदेखि बन्द थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *