Search
Close this search box.
Search
Close this search box.

नेपाल–चीन सीमा अध्ययन समितिको टोली हुम्लाको लिमीमा

काठमाडौं / नेपाल–चीन सीमामा पर्ने हुम्लास्थित सीमास्तम्भहरुको अध्ययन समितिको टोली लिमीको लाप्चा पुगेको छ । टोली सिमकोटबाट गाडीबाट लाप्चा पुगेको हो ।

लाप्चाबाट पैदल हिँडेर टोलीले पाँच हजार मिटर अग्लो स्थानमा रहेका सीमास्तम्भहरुको स्थलगत अध्ययन गर्नेछ । चीनले लाप्चासँगै रहेको लोलुङ जोङमा भौतिक संरचना बनाएको छ । त्यो संरचना नेपाली भूमिमा निर्माण गरिएको भन्दै विरोध हुँदै आएको छ ।

EPIC EPIC EPIC

लाप्चामै चीनले एकतर्फी रुपमा नम्बर पिलर पुर्नर्निर्माण गरको भन्ने विषयमा पनि टोलीले अध्ययन गर्नेछ । टोलीले टाकुलेको एघार नम्बर पिलरको अवलोकन गर्ने तयारी छ । लिमीका स्थानीयसँग पनि टोलीले प्रत्यक्ष छलफल गर्ने तयारी गरेको छ ।

टोलीको नेतृत्व सरकारले गठन गरेको अध्ययन टोलीका संयोजक सहसचिव जयनारायण आचार्यले गरेका छन् । टोलीमा आचार्यसँगै उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका छन् ।

सरकारले १६ भदौमा हुम्लाको नाम्खा गाउँपालिकाको लिमी, लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको समस्या सम्बन्धमा उठेका प्रश्न सम्बोधन गर्न समिति गठन गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *