Search
Close this search box.
Search
Close this search box.

नेपाल टेलिकमबाट भारतमा कल गर्दा अब प्रतिमिनेट ३ रूपैयाँ ७६ पैसा लाग्ने

काठमाडौँ । नेपाल टेलिकमका नेटवर्कबाट भारतमा कल गर्दा लाग्ने महसुल दर परिमार्जन गरिएको छ । नेपाल टेलिकमले भारतमा सस्तो दरमा कल गर्नका लागि लागू गरेका विभिन्न विकल्पहरूमध्ये एक्सिस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई गएराति १२ बजेदेखि नै लागू हुनेगरी एक्सिस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३ रूपैयाँ ७६ पैसा कायम गरिएको टेलिकमका प्रवक्ता हरि ढकालले बताएका छन् ।

EPIC EPIC EPIC

यसका साथै एक्सिस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको प्रवक्ता ढकालले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *