Search
Close this search box.
Search
Close this search box.

नेपाल प्रेस युनियन नेतृत्वको लोकतान्त्रिक प्यानलको विजयी शुरुवात: महासंघ अध्यक्षमा तीन जनाको उम्मेदवारी

बिर्तामोड- नेपाल प्रेस युनियन नेतृत्वको लोकतान्त्रिक प्यानलले नेपाल पत्रकार महासंघ झापाको निर्वाचनमा दुई सदस्य पदमा निर्विरोध हुँदै बिजयी शुरुवात गरेको छ ।
आइतवार भएको मनोनयनमा महिला सदस्य पदमा प्रेस युनियनकी स्वस्तिका आचार्य महिला सदस्यमा र प्रेस संगठनबाट कार्यसमिति सदस्य मधेशी- सन्तोष शर्मा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुको औपचारिक घोषणा हुन वाँकी छ । उनीहरुसहित १० जना निर्विरोध भएका हुन् । निर्विरोध हुनेहरुमा प्रदेश परिषद् सदस्य समावेशीमा युनियनकै अनुषा चुडाल, सन्तोष अग्रवाल रहेका छन् ।


त्यस्तै प्रदेश परिषद् सदस्य समावेशीमा पुजनकुमारी आचार्य, मनकुमार शर्मा, प्रदीप परियार, आत्माराम राजवंशी, पुकार चन्द्र राजवंशी रहेका छन् । केन्द्रीय परिषद् सदस्यमा दिपीन राई निर्विरोध भएका छन् ।

महासंघ अध्यक्षमा तीन जनाको उम्मेदवारी

यसैबीच नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा झापामा तीन जनाको उम्मेद्वारी परेको छ । एकराज गिरी, तीर्थ सिग्देल र विशाल नेम्वाङको अध्यक्षमा उम्मेदवारी परेको हो ।

उता अध्यक्ष पदका लागि प्रेस चौतारी ओली समूह बाट नेम्वाङ र प्रेस चौतारी नेपाल समूह बाट सिग्देलको उम्मेदवारी परेको हो । त्यस्तै खुल्ला उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ । जसमा नेपाल प्रेस युनियन नेतृत्वको समूहबाट केशव भट्टराई, प्रेस चौतारी ओली समूहबाट गोपाल झापाली, प्रेस चौतारी नेपाल समूह बाट मुक्ति पौडेल र ओली समूहकै बागी उम्मेदवारका रुपमा हिमालचन्द्र खरेलको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला उपाध्यक्षमा एक पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । जिल्ला उपाध्यक्षमा प्रेस युनियनकी सुशीला संग्रौला र प्रेस चौतारी ओली समूहकी सावित्रा दाहालको उम्मेदवारी छ । सचिव पदमा तीन जनाको उम्मेदवारी परेको छ । नेपाल प्रेस युनियनको समूहबाट प्रेस संगठनका डिकेश लामा, प्रेस चौतारी नेपाल समूह बाट सुव्रत न्यौपाने र प्रेस संगठनकै बागी उम्मेदवारका रुपमा प्रेमकुमार आचार्यको उम्मेदवारी परेको छ । सहसचिव खुल्ला सदस्यमा प्रेस युनियनको नेतृत्व समूहबाट प्रेस संगठनका राजु पाठक र प्रेस चौतारी ओली समूहका बिनोद सापकोटाको उम्मेदवारी छ ।


समावेशी सहसचिवमा एक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । जसमा प्रेस युनियनका अर्जुन राजवंशी, प्रेस संगठनका पार्थ मण्डल र प्रेस नेपालका देशराज नेम्वाङको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । युनियनकै तर्फबाट मिडिया नेपालका रञ्जीत प्रसाई र प्रेस चौतारी ओली समूहका रमेश तिवारीको उम्मेदवारी रहेकोछ । त्यस्तै दलित सदस्यमा रञ्जीत परियार, नरेश खाती, किशोर उपरकोटीको उम्मेदवारी परेको छ भने जनजाति सदस्यमा सेसेहाङ फियाक र राजन साम्पाङको उम्मेदवारी परेको छ ।

खुल्ला सदस्यहरुमा रामप्रसाद निरौला, सुनिरा मैनाली, अनिल वाग्ले, भूमिराज पराजुली, सृजन घिमिरे, अच्युतराज सुवेदी, देवीप्रसाद गौतम, द्रोण अधिकारी, सुष्मा राजवंशी, चिरञ्जीवी घिमिरेको उम्मेदवारी परेको छ । त्यस्तै विष्णुप्रसाद पौडेल, मनिषा चम्लागाँई, होमप्रकाश अधिकारी, डम्वर बराल, बिनोद पाण्डे, सुदीप अधिकारी, शिशिर चम्लागाई, तिलक तामाङ योञ्जन, जशोदा राजवंशीले पनि खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् ।

प्रदेश परिषद् सदस्यमा ईश्वर अधिकारी, उमानाथ भण्डारी, सागर गौतम, राजकुमार ओली, रोहित काफ्ले, राजु पौडेल, डिल्लीराम घोर्साई, तुलसीप्रसाद निरौला, वेणुप्रसाद अधिकारी, उत्तम नेपाल, टीकाराम उप्रेतीले उम्मेदवारी दिएका छन् । त्यसैगरी केन्द्रीय परिषद् सदस्य महिलामा अम्विका भण्डारी, रेजिना गौतम, भीमाकुमार शिवाकोटीले उम्मेदवारी दिएका छन् । त्यस्तै केन्द्रीय परिषद् सदस्यमा डण्डीराज घिमिरे९ विवेक०, चेतन अधिकारी, गोपाल काफ्ले, ज्ञानेन्द्र निरौला, कृष्ण हुमागाँई र लक्ष्मण ढकालले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *